"आर्थिक विकासको आधारः निजी र सार्वजनिक जब बन्छ साझेदार" भन्ने मूल नारा (Slogan) सहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार स्थानीय विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को संयुक्त आयोजनामा यही २०६५ साल कार्तिक ६ र ७ गते काठमाडौंमा नेपालको आर्थिक विकासमा सार्वजनिक-निजी साझेदारी (PPP) बिषयक दुइ दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ ।
नेपालमा गणतन्त्रको संस्थागत विकासका साथै विकासको गतिलाई अघि बढाउन आर्थिक व्यवसायको दु्रतत्तर विकास एवं प्रबर्द्धनका लागि आर्थिक बृद्धिदरलाईनै तिब्रता दिनु पर्ने कुरामा दुई मत छैन । यसै क्रममा "आर्थिक क्रान्ति" अर्न्तर्गत देश विकासको क्रमलाई अघि बढाउन सरकारको अवधारणा अनुरुप आएको "सार्वजनिक-निजी साझेदारी"लाई प्रभावकारी एवं समन्वयात्मक रुपमा कार्यान्वयन गर्दै जानु आवश्यक र उपयोगी देखिएकालेनै यो गोष्ठी आयोजना गर्न लागिएको हो ।
उक्त गोष्ठीको प्रमुख उद्देश्य निम्न बमोजिम छः
१. द्वन्दबाट प्रभावित भई आएका बंगलादेश, भियतनाम, सोमालिया लगायतका मुलुकहरुले सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुपको मोडल तयार गरी देशको आर्थिक विकासमा प्राप्त गर्दै आएको सफलतालाई दृष्टिगत गर्दा उक्त अवधारणा नेपालको लागि समेत महत्वपूर्ण हुने देखिएको भएतापनि नेपालमा सो मोडल अझै प्रतिपादित नभएको सन्दर्भमा नेपालका लागि उपयुक्त वातावरण तयार गर्ने ।
२. सरकारले हालै व्यवस्थापिका संसदमा पेश गरेको आर्थिक नीति तथा कार्यक्रम एवं अर्थ मन्त्रीबाट प्रस्तुत भएको आ.व. २०६५।६६ को बजेट वक्तव्यमा र्सार्वजनिक निजी साझेदारी (PPP) को अवधारणालाई एक प्रणाली (System) अर्न्तर्गत विकास गरी पूंजिगत लगानीको मुख्य आधारशिला हुने उल्लेख भएबाट निजी क्षेत्र थप उत्साहित भएता पनि सो अवधारणा सम्बन्धमा निजी क्षेत्र, नेपाल सरकार र राजनीतिक दलहरुको सोचाईमा केहि पृथकता भएको बुझिएकोले यस सम्बन्धमा अस्पष्टता (Misunderstanding) नहोस र सबै पक्षको एकै किसिमको सोचाई, अवधारणा एवं प्रयास सहित समन्वयात्मक रुपमा कार्यान्वयनका लागि अघि बढ्ने गरी आधार पत्र तयार गर्ने ।
३. मुख्यतः गोष्ठीमा प्रस्तुत गरिने बिषयहरुमा सरकारी र निजी क्षेत्रको नीतिगत अवधारणा प्रस्तुत भई सो सम्बन्धमा ठोस प्रस्ताव तयार गरी र्सार्वजनिक-निजी साझेदारीको अवधारणालाई नीतिगत रुपमा लिपिबद्ध गरी कार्यगत तहमा लागू गर्ने ।
४. र्सार्वजनिक-निजी साझेदारी अनुरुपका कार्यक्रम कार्यान्वयन गर्न सक्ने सम्पूर्ण मन्त्रालयहरुमा प्राथमिकता साथ र्सार्वजनिक-निजी साझेदारी सम्बन्धी छुट्टै इकाई (Cell) गठन गरी सो अवधारणालई अघि बढाउने व्यवस्था गर्ने ।
५. सञ्चार जगतलाई समेत सहयात्री बनाई उक्त अवधारणालाई सफलतापूर्वक कार्यान्वयन गर्न/गराउन अनुरोध गर्ने ।
गोष्ठीको समुद्घाटन एवं प्रस्तुत गरिने प्रमुख बिषयहरुः
प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"बाट गोष्ठीको प्रमुख आतिथ्यता एवं समुद्घाटन हुने उक्त गोष्ठी आगामी कार्तिक ६ गते समुद्घाटन हुने गरी कार्यक्रम तर्जुमा गरिएको छ ।
साथै उक्त गोष्ठीको समुदघाटन समारोहमा भारत र थाइलैण्डका र्सार्वजनिक-निजी साझेदारी सम्बन्धी विज्ञहरुले मुख्य वक्ता (Keynote Speaker) को रुपमा सम्बोधन गर्नु हुने कार्यक्रम छ ।
उक्त गोष्ठीका सत्रहरुमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुबाट प्रमुख आतिथ्यता (सभापतित्व) गर्नु हुने र उहांहरुको समुपस्थितिमा र्सार्वजनिक-निजी साझेदारीका आधारमा बिषयगत विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने छ ।
सो अनुसार पर्यटन तथा नागरिक उडड्यन मन्त्री हिसिला यमीको सभापतित्वमा नेपालमा पर्यटन (PPP in Tourism in Nepal), भौतिक योजना तथा निर्माण मन्त्री बिजय कुमार गच्छदारको सभापतित्व पूर्वाधार (Infrastructure Development in Public Private Sector), शिक्षा तथा खेलकूद मन्त्री रेणु कुमारी यादबको सभापतित्वमा शिक्षा (PPP in Education of Nepal), स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको सभापतित्वमा स्वास्थ्य (PPP in Health of Nepal), स्थानीय विकास मन्त्री रामचन्द्र झाको सभापतित्वमा स्थानीय विकास (PPP in Local Development of Nepal) र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पिताम्बर शर्माको सभापतित्वमा कृषि (PPP in Agriculture of Nepal) बिषयमा सरकारी क्षेत्रको तर्फबाट कार्यपत्र समेत प्रस्तुत गरी त्यस माथि विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ । सरकारको तर्फबाट सम्बन्धित मन्त्रालयका सचिवहरुले सम्बन्धित मन्त्रालयको अवधारणा प्रस्तुत गर्नु हुने छ ।
नेपाल उद्योग वाणिज्य महासंघले यस अघि पनि र्सार्वजनिक-निजी साझेदारी (PPP) अर्न्तर्गत स-साना विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र यस अवधारणालाई समन्वयात्मक किसिमले अघि बर्ढाई स्वदेशी एवं विदेशी लगानीलाई प्रोत्साहित गर्न निश्चित मापदण्ड, समझदारी एवं संयन्त्र (Mechanism) को विकास गरी ठुल-ठुला योजनाहरुमा पनि ठोस कार्यनीति तयार गरी अघि बढ्नु पर्ने आवश्यक देखिएको सर्न्दर्भमा उक्त गोष्ठी अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।
साथै उक्त गोष्ठीको अवधारणालाई सरकारी एवं निजी क्षेत्रले समन्वयात्मक रुपमा कार्यान्वयन गर्न सके वर्तमान सरकारले लिएको आर्थिक बृद्धिदर हासिल गर्न थप सहयोग मिल्ने विश्वास पनि महासंघले लिएको छ ।
सहभागिताः
गोष्ठीमा प्रस्तुत गरिने माथि उल्लेखित प्रत्येक बिषयगत क्षेत्रका निजी तथा सरकारी गरी १०० जनाको हिसावले सम्पूर्ण सत्रमा गरी ६०० भन्दा बढीको सहभागिता उक्त गोष्ठीमा रहने अपेक्षा गरिएको छ ।