नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य एवं महासंघको क्षेत्रिय अंचल (लुम्विनी) प्रतिनिधि तथा सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मालाई वीरपुर चन्द्रौटा कपिलवस्तु स्थित आफनो उद्योग दृष्टान्त कंक्रिट प्रा.लि.मा कामको शीलशीलामा हिजो राति ११:३० बजे जाने क्रममा अज्ञात समूहले आक्रमण गरि गम्भीर घाइते बनाएको घटनाप्रति महासंघ अत्यन्त चिन्ता प्रकट गर्दछ । महासंघ त्यस प्रकारको सांघातिक आक्रमणको घोर निन्दा एवं भत्र्सना समेत गर्दछ ।
आक्रमणबाट उहांको टाउकोमा गम्भीर चोट लाग्नुको साथै आक्रमणकारीले उहांको साथमा रहेको आठ सेट मोवाइल, उहांले लगाउनु भएको एकथान घडी सहित करिव दुई लाख नगद समेत लुटेर लगेका छन् । गम्भीर घाइते शर्मालाई उपचारको लागि काठमाडौ ल्याइएको छ ।
शान्ति सुरक्षाको अवस्था सुदृढ हुंदै गएको सरकारको दावी आइरहेका वेला उद्योगी व्यवसायी माथि भएका यस प्रकारका सांघातिक आक्रमणले शान्ति सुरक्षाको अवस्था सुदृढ होइन अझ जटिल हुंदै गएको आभास हामीलाई भएको छ । आफनो कार्यक्षेत्रमा गएको वेला भएका यस प्रकारका सांघातिक आक्रमणबाट हामी थप चिन्तित र भएभित भएका छौं । विगतमा पनि वारम्वार उद्या्ेगी व्यवसायी माथि भएका आक्रमणबाट निजी क्षेत्र प्रताडीत हुन पुगेको र अव राजनीति व्यवस्था परिवर्तनसंगै शान्ति सुरक्षामा पनि सुधार हुने उद्योग व्यवसाय गर्ने वातावरण बन्ला भनेर आशमा रहेका हामी उद्यमी व्यवसायीलाई थप चिन्ता र गम्भीर बनाएको छ ।
यस प्रकारका सांघातिक आक्रमणमा संलग्न अपराधीहरुलाई तत्काल खोजी गरि कानूनको कठघरामा उभ्याई शान्ति सुरक्षाको अवस्थामा तत्काल सुधार ल्याउन महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउंदछ । शान्ति सुरक्षाको अवस्थामा सुधार नहुने र उद्यमी व्यवसायीमाथि निरन्तर आक्रमण हुंदै गएमा निजी क्षेत्र आफ्नो सुरक्षाको लागि गम्भीर कदम चाल्न बाध्य हुने पनि यसै विज्ञप्ति मार्फ सरकारको ध्यानाकर्षा समेत गराउंदछ । साथै महासंघ घाइते शर्माको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।