»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्वजनिक निजी साझेदारी विषयक राष्टि्य गोष्ठी - २०६५।७।७


सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र UNDP को साझेदारीमा आयोजना कार्तिक ६ र ७ गते काठमाडौंमा आयोजना भएको सार्वजनिक निजी साझेदारी विषयक राष्ट्रिय गोष्ठी सफलतापूर्वक सम्पन्न भयो ।

सम्माननीय प्रधानमन्त्री प्रचण्डद्वारा समुद्घाटित यस गोष्ठीमा पर्यटन, स्थानीय विकास, शिक्षा, कृषि, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सार्वजनिक निजी साझेदारी विषयहरुमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरुले सभापतित्व गर्नु भई सरकार तथा निजी क्षेत्रबाट विषयगत बेग्ला बेग्लै कार्यपत्रहरु समेत प्रस्तुत भएका थिए ।

गोष्ठीमा सरकार तथा निजी क्षेत्रका तर्फबाट जम्मा १२ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नीति निर्माता, अनुसन्धानकर्ता, सम्बन्धित क्षेत्रका विषयज्ञाताहरु गरि करिव ७ सय जनाले प्रत्यक्ष भाग लिएको गोष्ठीमा नेपाल, भारत तथा एशियामा सार्वजनिक निजी साझेदारीका सफलतम उदाहरण गोष्ठीमा निम्त्याइएका मुख्य वक्ताहरुले प्रस्तुत गर्नुभएको थियो ।

दुइ दिने यस गोष्ठीले निम्न निचोड निकालेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.