»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सुदूर पश्चिमाञ्चल महोत्सव कार्तिक २४ देखि डडेलधुरामा (२०६५/७/८)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले विकसित क्षेत्र र शहर बजारमा मात्र सीमित रहंदै आएको मेला महोत्सवलाई दुर्गम एवं अविकसित क्षेत्रमा समेत आयोजना गरी त्यस क्षेत्रको आर्थिक क्रियाकलाप विस्तारको माध्यमबाट विकासको गतिलाई अघि बढाउन महासंघले त्यस्ता क्षेत्रमा समेत उद्योग व्यापार मेला महोत्सव आयोजनालाई तीब्रता दिने नीति लिएको बताउनु भएको छ ।

सुदूर पश्चिमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम कृषि, कला, संस्कृति तथा साहित्य आदिको विकास तथा प्रबर्द्धन गर्ने प्रमुख उद्देश्यले यही कार्तिक २४ देखि मंसीर ३ गतेसम्म डडेल्धुरा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति डडेल्धुरा, अमरगढि नगरपालिका, नेपाल सरकार उद्योग मन्त्रालय/लघु घरेलु तथा साना उद्योग विकास कोष, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र, नेपाल सरकार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघको आयोजनामा डडेल्धुरामा आयोजना गरिने सुदूर पश्चिमाञ्चल महोत्सव २०६५ वारे जानकारी गराउन आज महासंघमा आयोजित पत्रकार सम्मेलनमा उहांले उक्त कुरा बताउनु भएको हो ।

साथै सार्वजनिक-निजी साझेदारीलाई अघि बढाउने क्रममा समेत मेला महोत्सव महत्वपूर्ण हुने उल्लेख गर्नु हुंदै स्थानीय औद्योगिक व्यवसायिक, पर्यटकीय सम्भाव्यता लगायत कला संस्कृतिको प्रबर्द्धनमा समेत सो माध्यम अत्यन्त लाभदायक हुने बताउनु भयो ।

महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले महासंघले मेला महोत्सवको माध्यमबाट समेत मुलुकको आर्थिक सामाजिक विकासमा सघाउ पुर्ΕΎयाउने उद्देश्यले मेला महोत्सव आयोजनाका लागि निरन्तर रुपमा प्रोत्साहित गर्दै आएको उल्लेख गर्नु हुदै यसबाट उद्योग व्यापार व्यवसाय मात्र नभई पर्यटन एवं कला कौशलको समेत विकास हुने, स्थानीय उत्पादन र सेवाको प्रवर्द्धन हुने हुंदा यस्ता कार्यक्रमलाई देशभर व्यापकता दिन सके नयां तथा समृद्ध नेपाल बनाउन पनि योगदान पुग्ने बताउनु भयो ।

साथै उहांले मेला महोत्सव आयोजनबाट सधै नाफा नभई घाटा समेत हुने भएतापनि त्यस्ता कार्यक्रमबाट आर्थिक क्रियाकलापमा गतिशिलता र रोजगारी प्रवर्द्धन तथा सामाजिक विकासमा समेत सहयोग पुग्नेमा जोड दिनु भयो ।

महासंघको व्यापार मेला तथा प्रदर्शनी समितिका सभापति ए.जी. शेपाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, कार्यकारिणी समितिका सदस्य एवं महाकाली अञ्चल प्रतिनिधि प्रकाश बहादुर साउदले मेला महोत्सव सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दको समेत उपस्थिति रहेको कार्यक्रममा डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले डडेलधुरा महोत्सव सम्बन्धमा प्रकाश पार्नु भयो ।

प्रबर्द्धकमा नेपाल पर्यटन बोर्ड र कृषि व्यवसाय प्रबर्द्धन कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम रहेको उक्त महोत्सव सुदूर पश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेलालाई मध्यनजर गरी राखिएको हुंदा उक्त बृहद महोत्सव तथा प्रदर्शनीमा सुदूर पश्चिम लगायत देशका विभिन्न कुनाबाट लगानीकर्ताहरु, ठूला, मझौला र साना औद्योगिक व्यापारिक कम्पनीहरु, वितरक र उपभोक्ताहरुलाई एउटै मञ्चमा भेटघाट र व्यवसाय प्रबर्द्धनको राम्रो अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । प्रदर्शनी अवधिभर २ करोड वरावरको बिक्री वितरणको अपेक्षा गरिएको, १ लाख व्यक्तिहरुको सहभागिता रहने अनुमान गरिएको, विभिन्न सांस्कृतिक कार्यक्रम बाल उद्यान र र्सकस लगायतका १८ विभिन्न मनोरन्जनात्मक खेलहरु तथा भोजन उत्सवको समेत आयोजना गरिनुका साथै उत्कृष्ट सजावटका स्टललाई प्रशंसा पत्र तथा उपहारको कार्यक्रम रहेको बताइएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.