»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल-फिलिपिन्स आर्थिक सम्बन्ध विस्तार सम्बन्धमा महासंघ र फिलिपिन्स सीसीआई बीच हस्ताक्षर (२०६५/७/१०)


निजी स्तरबाट नेपाल र फिलिपिन्स बीचको औद्योगिक व्यापारिक लगायतको आर्थिक सम्बन्ध सुदृढ गर्दै दुई पक्षीय व्यापार विस्तार एवं लगानी प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र फिलिपिन्स उद्योग वाणिज्य संघ (The Philippine Chamber of Commerce and Industry) बीच हालै एक सम्झौतापत्र (MOU) मा हस्ताक्षर भएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा यही कार्तिक ६ देखि ८ गतेसम्म आयोजित एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry - CACCI ) को २२ औं सम्मेलनका क्रममा महासंघ र फिलिपिन्स उवासंघ बीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ र सो संघका अध्यक्ष इदगार्दो जी. ल्याकसन (Edgardo G. Lacson, President, Philippine CCI) ले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा दई देश बीच आर्थिक, व्यापारिक, वैज्ञानिक, प्रविधि सम्बन्धी सहयोग प्रवर्द्धन गर्ने, व्यवसायिक सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने, उद्योग व्यापार व्यवसाय लगायत आर्थिक क्षेत्रसंग सम्बन्धित सबै प्रकारका सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, सभा सम्मेलन, गोष्ठी, बैठक, अध्ययन भ्रमण, व्यापारिक भ्रमणको आदान प्रदान तथा एक अर्का देशमा व्यापार मेला महोत्सवको आयोजना मार्फत व्यापार विस्तारमा भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

यसका अतिरिक्त दुवै देशको हीतका लागि एक अर्काले आवश्यक ठानेका अन्य व्यवसायिक गतिविधिहरु संयुक्त रुपमा संचालन गर्ने र दुवै देशमा एक/एक व्यवसायिक परिषद गठन गर्ने विषयलाई पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry - CACCI ) को २२ औं सम्मेलन (22nd CACCI Conference)तथा ७४ र ७५ औं क्यासी परिषद्को बैठक (74 - 75 CACCI Council Meeting) मा महासंघका पूर्व अध्यक्ष श्रेष्ठको नेतृत्वमा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोककुमार अग्रवाल, महासचिव गोपाल केडिया र महासंघका सहायक निर्देशक रतिस वस्न्यात सहितको प्रतिनिधिमण्डलले भाग लिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ उक्त परिषदको सदस्य रहेको छ ।

फिलिपिन्सका राष्ट्रपति श्रीमती ग्लोरिया म्याकापागल-अरोया (Mrs, Gloria Macapagal-Arroyo) ले उद्घाटन गर्नुभएको सो सम्मेलनमा विश्व अर्थतन्त्रमा एशिया प्रशान्त क्षेत्रको भूमिका, आर्थिक चुनौतीः जोखिम तथा अवसरहरु, सार्वजनिक-निजी साझेदारीका मार्फत एशिया-प्रशान्त क्षेत्रको दीगो आर्थिक विकास, भूमण्डलीय तापमान र यसका मुद्दा तथा चुनौती र सुचना प्रविधि आदि महत्वपूर्ण विषयमा एशिया प्रशान्त क्षेत्रका विद्वान, उद्योगी व्यवसायी, नीति निर्माताहरुले वृहद छलफल गरेका गरेका थिए ।

महासंघका पूर्व अध्यक्ष श्रेष्ठले सार्वजनिक-निजी साझेदारी मार्फत एशिया प्रशान्त आर्थिक क्षेत्रको दीगो विकास (Sustaining Asia-Pacific Economic Dynamism through Public-Private Partnership) बिषयक सत्रको सभापतित्व गर्नु भएको उक्त सम्मेलनले क्यासीका अध्यक्षमा ताइवानका हार्वे चाङ्ग (Harvey Chang) लाई आगामी दई वर्षअर्थात (२००८-२०१०) का लागि र्सवसम्मतिले पुनः निर्वाचित गरेको छ ।

एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रका क्यासीका सदस्य उद्योग वाणिज्य महासंघ/संघ/संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमका क्रममा महासंघको प्रतिनिधिमण्डलले नेपालमा लगानी एवं पर्यटन आकर्षण, नेपालको निर्यात प्रवर्द्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदान प्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसंग विस्तृत छलफल समेत गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.