मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबूत हुने र उद्योग व्यवसाय गर्न लगानी आकर्षण हुने वातावरण बन्ने विश्वासमा रहेको निजी क्षेत्र केही दिन यता भएका घटनाहरुबाट निकै चिन्तित हुन पुगेको छ । उद्योगी व्यवसायीमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिई कडा कारवाही गर्नुका साथै अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्दै तत्काल शान्ति सुरक्षाको अवस्था मजवुद नबनाए उद्योग व्यवसाय संचालन नगरि निजी क्षेत्र बाध्य भएर आन्दोलनमा उत्रने बताइएको छ ।
लामो द्वन्द र जनताको ठूलो संर्घष एवं बलिदानबाट प्राप्त भएको ऐतिहासिक राजनीतिक परिवर्तन पछि देशमा स्थायी र दीगो शान्ति बहाली भई उद्योग, व्यवसायको सुसञ्चालन तथा आमजनता र उद्योगी व्यवसायीको जीउधनको सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । नयाँ सरकार गठन भएपछि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास तथा आर्थिक एजेण्डालाई मुख्य रुपमा अघि बढ्ने विश्वासमा रहेको निजी क्षेत्र वढ्दो अपाराधिक गतिविधिबाट झनै त्रस्त हुन पुगेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा व्यवसायि माथिको आक्रमण, हत्या र अपहरणका विषयमा आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुशकुमार जोशीले शान्ति सुरक्षाको अवस्था मजबूत बनाउने प्रतिबद्धता नेपाल सरकार सहित उपप्रधानमन्त्री एवं गृहमन्त्री स्वयंले व्यक्त गरे पनि हालका दिनमा पनि उद्योगी व्यवसायीहरु माथि हुने गरेको आक्रमण, अपहरण एवं लुटपाटका घटनामा कुनै कमी नआएको र व्यवसायी माथि निकै ठूला धम्कीहरु आउने गरेकोमा चिन्ता प्रकट गर्नुभयो ।
पत्रकार सम्मेलनमा महासंघद्वारा आव २०६४/०६५ मा ५५ वटा घटना व्यवसायी माथि भएका अपहरण र कुटपीटका, ४८ वटा उद्योग व्यवसाय वन्द भएका घटना तथा १९ जना व्यवसायीको हत्या भएको घटनाको तथ्यांक प्रस्तुत गरिएको थियो ।
अध्यक्ष जोशीले शान्ति सुरक्षाको अवस्था मजवुत नवनाएसम्म उद्योग व्यवसाय संचालन हुन र लगानी आउन नसक्ने तथा भएको लगानी पनि वाहिरिने खतरा रहेकाले सरकारले अपराधिक कार्यमा संलग्नहरुलाई तत्काल कानूनको कठघरामा ल्याएर अपराधिक क्रियाकलाप नियन्त्रण नगरेमा परिस्थिति झनै खतरापूर्ण हुन जाने वताउनु भयो ।
विशेषगरी तर्राईका साथै सीमा क्षेत्रमा शान्ति सुरक्षाको स्थितीसुदृढ हुन नसकेको कारण हत्या, हिंसा, अपहरण, आतंक, लुटपाट, चोरी, डकैति जस्ता अपराधिक कृयाकलाप नियन्त्रण हुन सकिरहेको छैन अध्यक्ष जोशीले वताउनु भयो । उहांले भन्नुभयो- यस घटनाको पछिल्लो उदाहरण नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य तथा क्षेत्रीय -लुम्बिनी अञ्चल) प्रतिनिधि एवं सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मालाई कपिलबस्तुको वीरपुर, चन्द्रौटा स्थित आफ्नै उद्योग प्रतिष्ठान दृष्टान्त कंक्रिट उद्योग प्रा.लि. मा कार्तिक ६ गते राति करिव ११:३० बजे अज्ञात हतियाधारी समूहले सांघातिक आक्रमण गरी त्यहां रहेको धनमाल र वहांको मोबाइल, घडि समेत लुट्नुको साथै उहांलाई मरणासन्न अवस्थामा पुर्याएको चार दिन विति सक्दा पनि सुरक्षा निकायबाट अपराधिहरुलाई पक्राउ गर्न सकिएको छैन ।
एकातिर उद्योगी व्यवसायी माथि आक्रमण, अपहरण एवं कुटपीटका घटना वारम्वारनै हुने गरेका छन् भने अर्कोतिर उद्योगहरुमा अनावश्यक माग प्रस्तुत गरी कतिपय उद्योगहरु बन्द गर्न वाध्य बनाइएको छ । यसरी उद्योगी व्यवसायी माथि निरन्तर हुने गरेको अपराधिक क्रियाकलाप नियन्त्रण हुन नसकि जनधनको सुरक्षा नहुंदा लामो द्वन्दबाट प्रभावित हुनुका साथै पटक पटक हुने गरेको बन्द, हडताल, चक्का जाम, श्रम विवाद, विद्युत लोड सेडिङ्ग, अन्तर्राष्ट्रिय आर्थिक मन्दी लगायत पूर्वाञ्चलमा वाढीका कारण समेत आक्रान्त बनेका उद्योग व्यवसाय बन्द गर्नु पर्ने स्थिति उत्पन्न भएको अध्यक्ष जोशीले स्पष्ट पार्नुभयो ।
यस्तो गम्भीर परिस्थितिमा विदेशी लगानी त कुरै छाडौं स्वदेशी नयां लगानी समेत आउन नसक्ने तथा भई रहेको लगानी पनि बन्द, विस्थापित एवं पलायन भई रहेको हुंदा यसबाट आर्थिक क्रान्तिलाई अगाडि बढाउन र नयां नेपाल निर्माणमा सघाउ पुग्न नसक्ने दावी पनि गर्नुभयो । उहांले सुरक्षा अनुगमन बढाउंदै अपराधीलाई नियन्त्रणमा लिई र्सार्वजनिक रुपमा दण्ड सजाय दिन पनि सरकारसंग अनुरोध गर्नुभयो । देशमा जनधनको सुरक्षाको प्रत्याभूति पहिलो प्राथमिकता भएकोले त्यस्ता आपराधिक क्रियाकलाप तत्कालै रोक्नुका साथै सुरक्षा निकाय सक्रिय, जिम्मेदार एवं नैतिकवान बन्नु पर्नेमा पनि अध्यक्षले जोड दिनुभयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डले शान्ति सुरक्षाको अवस्थामा तत्काल सुधार ल्याउन र सीमा सुरक्षा बढाउन समेत नेपाल सरकारको गम्भीर ध्यानाकर्षा गर्दै शान्ति सुरक्षाको अवस्था सुदृढ नभई उद्योगी व्यवसायी माथि निरन्तर आक्रमण हुंदै गएमा निजी क्षेत्र आफ्नो सुरक्षाका लागि गम्भीर कदम चाल्न वाध्य हुने बताउनु भयो । उहांले शान्ति सुरक्षाको अवस्था मजवुद वनाउंदै उद्योग व्यवसाय गर्ने उपयुक्त वातावरण वनाउन पनि सरकारसंग आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा महासंघको कार्यकारिणी समिति सदस्य शर्मालाई आक्रमण गर्दाको समयका प्रत्यक्षदर्शी तथा चन्द्रौटा उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य तोपलाल पोख्रेलले कपिलवस्तुको चन्द्रौटामा यस अघि पनि वारम्वार यस्ता आक्रमणहरु भैरहेको र सरकार तथा स्थानीय प्रशासन सुरक्षा निकायलाई यस सम्बन्धमा पटक पटक जानकारी गराउंदा समेत अपराधिक कार्यहरु नियन्त्रण तर्फकुनै चासो नदिएको गुनासो गर्दै सुरक्षा निकायको क्याम्प निकै नजिक रहे पनि कार्तिक ६ गतेको घटनामा सुरक्षा निकायबाट कुनै चासो नेदेखाइएको गुनासो गर्नुभयो । पत्रकार सम्मेलनमा महासंघका महानिर्देशक मेघनाथ न्यौपानेको पनि सहभागिता रहेको थियो ।