नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा उपाध्यक्ष प्रदीपजंग पाण्डे सहितको दुई सदस्यीय प्रतिनिधिमण्डल ढाका उद्योग वाणिज्य संघ (Dhaka Chamber of Commerce & Industry) को स्वर्णजयन्ति समारोहमा भाग लिन सो संघको निमन्त्रणमा आज त्यसतर्फप्रस्थान गर्यो ।
विश्व अर्थतन्त्रमा हाल देखा परेको चरम आर्थिक मन्दी र अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न तथा इन्धनको मूल्यमा देखापरेको ठूलो उतारचढावबाट विकासोन्मुख मुलुकहरुलाई परेको प्रभावले गर्दा ती मुलुकहरुले सहश्राव्दी विकास लक्ष्य (Millennium Development Goals) प्राप्त गर्न सक्षम हुने कुरामा अनिश्चितता देखिएको छ । यसले ती मुलुकहरुलाई विश्व व्यापार संगठन (WTO) संग गरिएको अनुबन्धन अनुरुप अगाडी बढ्न समस्या उत्पन्न हुने आशंका बढेको छ ।
यस अवस्थामा व्यवसायिक समूदाय तथा विद्धत वर्गले भविष्यको व्यवसायिक योजना माथि पुनः विचार तथा विश्वकै र विशेषगरी एशियाको आगामी आर्थिक सम्भाव्यता सम्बन्धमा विचार विमर्श गरि "आगामी पन्ध्र वषिर्य-वृद्धिको दृष्टिकोण (The Next Fifteen Years - A Vision for Growth" तयार गरिने भएको छ । सोही सन्दर्भमा सो संघद्वारा स्वर्णजयन्ति (Golden Jubilee) को अवसरमा यही कार्तिक १४ देखि १६ गतेसम्म ढांकामा आयोजित अन्तर्राष्ट्रिय व्यवसायिक सम्मेलन (International Business Conference) मा समेत महासंघको उक्त प्रतिनिधिमण्डलले भाग लिनेछ ।
विश्व अर्थतन्त्रको वर्तमान तथा निकट भविष्य सम्बन्धमा चार वटा गोलमेच बैठक (Rountable) समेत आयोजना गरिने कार्यक्रम रहेको र ती वैठकका विषयहरुमा बदलिदो विश्वमा व्यवसायिक रणनीति (Business Strategies in a World of Change), साना तथा मझौला व्यवसायमा विश्व व्यापार संगठनको प्रभाव (Impact of WTO on SMEs), एशिया तर्फउन्मुख विश्व अर्थतन्त्र (Global Economic Shift to Asia) र एशियामा बंगलादेश एक विशिष्ट बजार होला (Does Bangladesh have a niche in Asia?) रहेका छन् ।
विश्वका ख्याति प्राप्त विभिन्न विद्धानहरु प्रमुख वक्ता रहेको उक्त सम्मेलनको दौरानमा ढाका उद्योग वाणिज्य संघ (DCCI) द्वारा आयोजित निर्यातमूलक वस्तुहरुको प्रदर्शनीको पनि महासंघको प्रतिनिधिमण्डलले अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।