»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अन्तर्राष्ट्रिय कार्यशालामा भाग लिन महासंघका उपाध्यक्ष राजकणिर्कार ताइवान तर्फ (२०६५/७/१६)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार एशियाली उत्पादकत्व संगठन (Asian Productivity Organisation - APO) द्वारा ताइवानको ताइपेइमा यही कार्तिक १८ देखि २२ गतेसम्म आयोजना गरिने हरितगृह ग्यांस उर्त्र्सजन न्यूनिकरण (Workshop on reduction of Greenhouse Gas Emission) विषयक अन्तराष्ट्रिय कार्यशालामा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

नेपाल लगायत कम्वोडिया, फिजी, भारत, इण्डोनेशिया, इरान, जापान, लाओस, फिलिपिन्स, थाइल्याण्ड र भियतनामका सरकारी तथा निजी क्षेत्रको सहभागिता रहने उक्त कार्यशालामा सहभागी देशहरुबाट वातावरण तथा उर्जा व्यवस्थापन, हरितगृह ग्यांस उर्त्र्सजन न्यूनीकरण जस्ता विषयमा अन्तराष्ट्रिय अनुभव तथा यस सम्बन्धमा सहभागी देशहरुले अवलम्वन गरेका नीति तथा कार्यक्रमहरु वारे वृहद छलफल हुने कार्यक्रम रहेको छ ।

सो कार्यशालाका क्रममा महासंघका उपाध्यक्ष राजकाणिर्कारले सम्बन्धित विषयमा देशीय पत्र (Country Paper) प्रस्तुत गर्नुहुने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.