अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर गिरावटसंगै नेपाल आयल निगमले पनि पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाउनुको साथै डिजेल तथा मट्टतिेलको मूल्यमा गरेको समायोजनलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक कदमको रुपमा लिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसंगै यातायात भाडामा गरिएको मूल्य वृद्धिले विगतमा उपभोग्य वस्तु तथा औद्योगिक उत्पादनको आपर्ूर्तिमा भएको मुल्य वृद्धि र त्यसबाट आम उपभोक्तामा पर्न गएको असर समेतलाई मनन गरि तत्काल वैज्ञानिक रुपमा यातायातको भाडा समायोजन गर्न पनि महासंघ आग्रह गर्दछ ।
अन्तराष्ट्रिय वजारमा पेट्रोलियम पदार्थमा हुने मूल्य हेरफेरसंगै नेपाली बजारमा पनि मूल्य समायोजन गर्न दीगो तथा वैज्ञानिक मूल्य समायोजन संयन्त्र निर्माणका लागि समेत महासंघ नेपाल सरकार एवं नेपाल आयल निगमको ध्यानाकर्षा गर्दछ ।