नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकार एशियाली उत्पादकत्व संगठन (Asian Productivity Organisation - APO) द्वारा जापानको टोकियोमा आयोजित खाद्य बजारीकरण तथा प्रशोधनको क्षेत्रमा फोहोर व्यवस्थापन सम्बन्धी बहुदेशीय अध्ययन अवलोकन प्रमण्डल (Multi-country Observational Study Mission on Waste Management in Food-Marketing and Processing Sector) मा भाग लिदैं हुनुहुन्छ ।
नेपाल लगायत वंगलादेश, कम्बोडिया, फिजी, मंगोलिया र लाओसका सरकारी तथा निजी क्षेत्रको सहभागितामा यही कार्तिक १९ देखि २६ गतेसम्म आयोजित उक्त कार्यक्रममा खाद्य बजार तथा प्रशोधनको क्षेत्रमा हुने फोहोर मैला सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अनुभवको आदान प्रदानका साथै उक्त विषयमा जापानी व्यवस्थापन सम्बन्धमा अध्ययन अवलोकन एवं वृहत छलफल हुनेछ ।
उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष ताम्राकारले नेपालको निजी क्षेत्रको तर्फबाट देशीय पत्र (Country Paper) समेत प्रस्तुत गर्नु हुनेछ ।