उद्योग वाणिज्य संघहरुले स्थानीय तहमा उद्योग व्यवसायको विकासका साथै एउटा सक्षम निकायको रुपमा स्थापित हुनका लागि स्पष्ट लक्ष र कार्ययोजना सहित अघि बढ्नु पर्नेमा जोड दिइएको छ । कतिपय उद्योग वाणिज्य संघहरुले स्पष्ट कार्ययोजना किटान गरि अघि बढ्न नसक्दा लक्ष प्राप्तिमा सफलता प्राप्त गर्न नसकेकोमा व्यवसायीहरु सहमत भएका छन् ।
प्रतिवद्ध नेतृत्व, सक्षम सचिवालय, स्पष्ट कार्ययोजना सहित अघि बढ्ने संघहरुले स्थानीयमा तहमा निकै ठूलो सफलता प्राप्त गर्दै गएकाले सबै संघहरुले स्पष्ट कार्ययोजना सहित अघि बढ्न नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज ललितपुरमा आयोजित "रोल्पा उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा" गोष्ठीमा सहभागी विज्ञहरुले सुझाव दिएका छन् । गोष्ठी ललितपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको थियो ।
रोल्पा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलद्वारा विभिन्न ८ वटा उद्योग वाणिज्य संघहरुको अध्ययन भ्रमणपछि आयोजित उक्त कार्ययोजना तर्जुमा गोष्ठीमा स्पष्ट कार्ययोजना सहित संघको विकास तथा स्थानीय क्षेत्रमा आर्थिक सामाजिक विकासमा संघको भूमिका बढाउन गोष्ठी निकै फलदायी हुने विश्वास लिइएको छ । रोल्पा उवासंघका अध्यक्ष किशोर आचार्यको नेतृत्वमा आएको रोल्पाको व्यवसायिक प्रतिनिधिमण्डलको लागि आयोजित उक्त गोष्ठीमा विभिन्न विज्ञहरुले चेम्वर व्यवस्थापन तथा योजना तर्जुमाका विषयमा तालीम दिनु भएको थियो ।
उक्त कार्यशाला गोष्ठीको प्रारम्भमा विशेष मन्तव्य दिनुहुदै महासंघका अध्यक्ष कुशकुमार जोशीले विकट जिल्ला रोल्पाको आर्थिक व्यवसायिक विकासमा संघको भूमिका महत्वपर्ूण्ा रहनेहुंदा र्सवप्रथम संघलाई सक्षम पार्नु पर्ने सुझाव दिनु भयो । अध्यक्ष जोशीले रोल्पाका सम्पत्ति जडीवूटी, खनीजजन्य वस्तुहरु तथा त्यहांका मौलिक उत्पादनहरुलाई आम रुपमा लेराउन सकेमा जिल्लाको आर्थिक विकास हुन सक्ने धारणा राख्दै यसका लागि संघले आफूलाई विशेष सक्रिय पार्न आग्रह गर्नुभयो । जिल्लाको समग्र विकासका लागि यातायातको विकास हुनुपर्नेमा पनि उहांको जोड थियो । अध्यक्ष जोशीले विकसित उद्योग वाणिज्य संघहरुसंग भगिनी सम्वन्ध स्थापित गरि आफूलाई संक्षम संघको रुपमा स्थापित गर्न पनि रोल्पा उवासंघलाई सुझाव दिनु भयो ।
महासंघका उपाध्यक्ष (जिल्ला/नगर उवासंघ) कृष्णप्रसाद ताम्राकारले कुनै पनि संघको विकासका लागि नेतृत्वको प्रतिवद्धता, सक्षम सचिवालय महत्वपूर्ण रहेकाले रोल्पा उवासंघले आफूलाई यी दुवैमा सक्षम हुन सुझाव दिंदै अवका दिनमा उद्योग वाणिज्य संघहरुले आफूलाई अझ बढी सक्षम पार्दै जानुपर्ने धारणा राख्नु भयो ।
महासंघका पर्ूव उपाध्यक्ष आजाद श्रेष्ठको समेत उपस्थिति रहेको सो कार्यक्रममा घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले चेम्वर अध्ययन भ्रमण पश्चात आयोजित कार्ययोजना तर्जुमा गोष्ठीले रोल्पा उवासंघलाई आगामी दिनमा प्रभावकारी रुपमा अघि बढ्न स्पष्ट मार्ग निर्देश गर्ने विश्वास प्रकट गर्नुभयो ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेशकुमार श्रेष्ठले कार्ययोजना तर्जुमा गोष्ठीले तय गरेका योजनालाई व्यवहारत लागू गर्न रोल्पा उद्योग वाणिज्य संघलाई आग्रह गर्दै त्यसमा आवश्यक सहयोगका लागि आफनो संस्थाले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । कार्यक्रमका श्रोत व्यक्तिहरुमा महासंघका वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डे र श्रोत व्यक्ति विनय महर्जन हुनुहुन्थ्यो ।