"क्वालिटि" (Quality) को महत्व, व्यापकता र उत्तमतालाई बढावा दिनुको साथै यसलाई प्रोत्साहित गर्दै जाने क्रममा अन्तर्रर्ााट्रय "क्वालिटि समूदाय" (Quality Community) ले नोभेम्बर १३ को दिनलाई प्रत्येक वर्षविश्व क्वालिटि दिवस (World Quality Day) का रुपमा मनाउंदै आएको छ ।
सो दिवसका अवसरमा विश्वका ७० भन्दा बढी मुलुकका "क्वालिटि" संग सम्बन्धित संस्था (National Quality Organisations) हरुले क्वालिटि सम्बन्धी सम्मेलन, गोष्ठी लगायत विभिन्न कार्यक्रमहरु आयोजना गंदै आएका छन् ।
"क्वालिटि" समूदायले सो दिन सरकार तथा नागरिक समाज बीच क्वालिटिको वर्तमान स्थिति र भविष्य सम्बन्धमा छलफल एवं विचार विमर्श गर्दै छन् । यसै क्रममा नेपालमा पहिलो पटक मनाउन लागिएको उक्त दिवसका अवसरमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकार, उद्योग मन्त्रालयद्वारा संयुक्त रुपमा एक साताव्यापि सहजकर्ता विकास कार्यक्रम (Workshop on Quality Facilitor Development Programe) लगायत क्वालिटि सम्बन्धी विभिन्न जनचेतना तथा जागरण कार्यक्रमहरु गरिंदैछ । क्वालिटि सम्बन्धी अन्तर्राष्ट्रिय संस्था वर्ल्ड एलायन्स फर क्वालिटि (World Alliance for Quality =WAQ) ले विश्व क्वालिटि दिवसलाई प्रथम पटक नयां ढंगले मनाउंदैछ ।
अमेरिका, यूरोप तथा जापान लगायतका एशियाली मुलुकहरुमा क्वालिटि सम्बन्धी संस्था धेरै वर्षअघि स्थापना भएतापनि सोको प्रभावकारी कार्यान्वयन सन् २००८ को मे महिनामा संयुक्त राज्य अमेरिकामा ऐतिहासिक रुपमा आयोजित विश्व क्वालिटि सम्मेलन (Global Quality Summit) बाट मात्र प्रारम्भ भएको हो ।
सो दिवसको प्रमुख उद्देश्य विश्वभर व्यक्तिगत एवं संस्थागत रुपमा क्वालिटिमा सुधार ल्याउनु र क्वालिटिको उपयोग विस्तार एवं पर््रबर्द्धन गर्नु रहेको छ ।
यस वर्षसन् २००८ को क्वालिटि दिवस "क्वालिटिको सीमा हुंदैन" (QUALITY HAS No BORDERS) भन्ने मूल नारा सहित मनाईदै छ ।
क्वालिटि सबै वर्ग र क्षेत्र, हरेक व्यक्ति र समाज एवं हरेक कार्यमा अत्यन्त उपयोगि भएकोले यसको प्रबर्द्धनका लागि सबै क्षेत्रको सहयोग एवं जागरुकता महत्वपर्ूण्ा हुने छ ।