»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नयां दिल्लीमा आयोजित आर्थिक साझेदारी सम्बन्धी क्षेत्रीय सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यको सहभागिता (२०६५/७/२७)


बहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि वंगालको खाडीको प्रयास (BIMSTEC) का सदस्य राष्ट्रका सरकार प्रमुखहरुको भोली हुने सम्मेलनको पूर्व सन्ध्याका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित आर्थिक साझेदारीको सुदृढीकरण (Strengthening the Economic Partnership) विषयक क्षेत्रीय सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले भाग लिंदै हुनुहुन्छ ।

भारतीय उद्योग महासंघ (CII), भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) र एसोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि (ASSOCHAM) द्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनमा उपाध्यक्ष वैद्यका साथ महासंघको जलविद्युत विकास फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधान सहभागी हुनुहुन्छ । सो कार्यक्रममा संयोजक प्रधानले नेपालको तर्फबाट उर्जा शक्ति (Energy including Hydel Power) विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

भारतको नयां दिल्लीमा भोली हुने विमस्टेकका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज त्यसतर्फप्रस्थान गरिसक्नु भएको छ ।

विमस्टेकको नेपाल लगायत भारत, बंगलादेश, बर्मा, भुटान, थाइल्याण्ड र श्रीलंका सदस्य रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.