»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मनकामना केवुलकारको समस्या तत्काल समाधान गरि सेवा संचालन गर्न महासंघको माग (२०६५/८/२)


मनकामना दर्शन प्रा.लि.द्वारा संचालित केवुलकार त्यहां कार्यरत सेक्यूरिटी मजदुरहरुले विभिन्न मागहरु राखी विगत एकसाता भन्दा बढी समयदेखि अनिश्चितकालका लागि गरेको बन्द र त्यसबाट त्यस क्षेत्रमा पुग्न गएको असुविधाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रशिद्ध धार्मिकस्थल मनकामनामा तीर्थ यात्राका लागि जाने लाखौ तीर्थयात्रीहरु, त्यस क्षेत्रका जनताहरुका साथै पर्यटकका लागि समेत सुविधा पुर्‍याइरहेको मुलुकको एकमात्र केवुलकार यतिका दिन वन्द हुंदा पनि सरकारका तर्फबाट संचालनका लागि कुनै पहल नभएकोमा महासंघ अत्यन्त चिन्ता प्रकट गर्दै तत्काल संचालनको व्यवस्था मिलाउनका लागि माग गर्दछ ।

श्रम समस्याका कारण दिनानुदिन यसरी उद्योग व्यवसाय बन्द हुंदै जाने र सरकार नयां नेपाल बनाउने सपना देख्दै जाने कुराहरु आपसमा निकै विरोधाभाष देखिन्छन् । उद्योगधन्दाहरु दिनप्रतिदिन बन्द भैरहने र समस्याको दीर्घकालिन समाधान तर्फनलाग्ने हो भने अधिकांश उद्योगहरु वन्द प्राय भैसकेका र भएका पनि रुग्ण हुंदै गएको विद्यमान कहाली लाग्दो परिस्थितिमा मुलुक थप भयावह स्थिति तर्फधकेलिने वास्तविकताप्रति महासंघ सरकारको गम्भीर ध्यानाकर्षा गराउंदै तत्काल सो समस्या समाधानका लागि पहल गर्न आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.