एशियाली मुलुकका रोजगारदाता संगठनहरुको मलेशियाको क्वालालम्पुरमा यही मंसिर ४ देखि ६ गतेसम्म हुने परामर्श बैठक तथा संयुक्त कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक मेघनाथ न्यौपानेले भाग लिंदै हुनुहुन्छ ।
जापानस्थित रोजगारदाताहरुको संस्था नेपोन केडिरेन इन्टरनेशनल कोअपरेशन सेन्टर (Nippon-Keidanren International Cooperation Center-NICC) को आयोजनामा हुने एशियाली देशहरुमा कार्यरत दक्ष व्यवस्थापकहरुको स्थायीत्व विषयक (Workshop of Joint Study on Retention of High-caliber Middle Managers and Engineers in Comparative Perspective in Asian Couuntries") सो क्षेत्रीय कार्यशाला तथा परामर्श बैठकमा एशियाली राष्ट्रमा कार्यरत दक्ष व्यवस्थापकहरुको स्थायीत्व तथा उनीहरुले दिने प्रतिफल एवं वदलिंदो परिस्थितिमा गर्नुपर्ने सुधारका विषयमा विस्तृत छलफल हुने छ । साथै सो कार्यक्रममा एशियाली रोजगारदाता संस्थाहरु र एनआइसीसी बीच आगामी सहयोगको सम्भाव्यता माथि पनि विचार विमर्श हुने छ ।
सो कार्यक्रममा महानिर्देशक न्यौपानेले सम्बन्धित बिषयमा नेपालको अवधारणा विषयक कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम छ ।