»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राप्ती अंचलमा सिण्डिकेट प्रणाली खारेजी कार्यान्वयन गर्ने सहमती एवं निर्णयको महासंघद्वारा स्वागत (२०६५/८/५)


राप्ती अंचल ट्रक व्यवसायी समितिद्वारा राप्ती अंचलमा कानून विपरित लागू गरिएको सिण्डिकेट प्रणालीको खारेजी एवं कार्यान्वयनको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनबाट उत्पन्न समस्या समाधानका विषयमा आज दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा राप्ती अंचल भित्रका उद्योग वाणिज्य संघका प्रतिनिधि तथा संयुक्त संर्घष समितिका अध्यक्ष लगायतका प्रतिनिधि, अंचल यातायात कार्यालयका प्रमुख र ट्रक व्यवसायी समितिका प्रतिनिधि एवं सुरक्षा निकायका प्रमुखहरु बीच भएको र्सवपक्षिय छलफल र सोबाट सिण्डिकेट हटाउने सम्बन्धमा भएको सहमति एवं निर्णयको नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ । साथै महासंघ संयुक्त संर्घष समितिद्वारा सहमती पश्चात संर्घषका सबै प्रकारका कार्यक्रम फिर्ता लिएकोमा त्यसको सराहना समेत गर्दछ ।

उक्त छलफलबाट आजैका मितिदेखि सिण्डिकेट प्रणालीका नाममा डायल प्रणाली/क्यू प्रणाली/सूचना प्रणाली/आलोपालो प्रणाली कुनै पनि नरहने सहमती पश्चात निजी क्षेत्रले माग गर्दै आएको सिण्डिकेट जस्तो गैर कानूनी प्रणालीको ठोस तथा व्यवहारिक रुपमै अन्त्य भई ढुवानी व्यवसायमा प्रतिस्पर्धात्मक वातावरण तयार हुने विश्वास पनि महासंघले लिएको छ । साथै सिण्डिकेटबाट अंचलभित्र उत्पन्न समस्या समाधानका लागि स्थानीय प्रशासनले देखाएको सक्रियताको सराहना गर्दै उक्त निर्णय एवं सहमतिको व्यवहारिक रुपमै कार्यान्वयन गर्न महासंघ जोडदार माग गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.