नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं पदाधिकारी र नेपालका लागि जर्मनीकी राजदूत वरेना ग्राफिन वन रोड्रेन (Verena Grafin Von Roedern) बीच आज महासंघको सचिवालयमा भएको भेटघाट एवं छलफलमा नेपालमा जलविद्युत, पर्यटन, जडिबूटीमा आधारित उद्योग लगायत अन्य सम्भाव्य क्षेत्रमा जर्मन लगानीका साथै द्विपक्षीय व्यापारिक एवं आर्थिक सम्बन्ध अझ विस्तारका विविध बिषयमा विस्तृत छलफल भयो ।
सो अवसरमा महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालको आर्थिक-सामाजिक विकासको क्रममा प्रमुख दातृ राष्ट्र, समुद्रपार मुलुकहरु मध्येको प्रमुख व्यापारिक साझेदार एवं प्रमुख निर्यात बजारको रुपमा रहेको जर्मनीले पुर्याई आएको सहयोगको सराहना गर्नु हुंदै जर्मनीमा नेपाली बस्तुको आयात तथा नेपालमा पर्यटन प्रवाहका लागि थप पहल गर्न राजदूत रोड्रेनसंग आग्रह गर्नु भयो ।
साथै नेपालमा आगामी १० वर्षा १० हजार मेघावाट जलविद्युत उत्पादन लक्ष्य सहित मुलुक अगाडि बढी रहेको सर्न्दर्भमा नेपालमा जलविद्युत उत्पादनका लागि जर्मनी बैंकहरुको सहयोग सकारात्मक भएको उल्लेख गर्नु हुंदै जलविद्युत क्षेत्रमा थप लगानीका साथै बैकल्पिक उर्जा विकासका लागि समेत जर्मनी लगानी एवं सहयोग महत्वपूर्ण हुने हुंदा स-साना नेपाली उद्यमी व्यवसायिको क्ष्ँमता विकास, उत्पादकत्व तथा गुणस्तर विकास, दुई देश बीच सिधा हवाई सर्म्पर्क पुनर्स्थापना एवं ठूला परियोजनामा समेत प्राविधिक सहयोग एवं प्रविधि हस्तान्तरका लागि पहल हुन जर्मन राजदूत समक्ष अध्यक्ष जोशीले आग्रह गर्नु भयो ।
महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष रोहिणी थपलिया, केन्द्रीय गलैंचा उद्योग संघका अध्यक्ष लंकमान रोका, नेपाल गलैंचा निकासीकर्ता संघका महासचिब दीपक बज्राचार्य र महासंघका वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डेको समेतको सहभागिता रहेको उक्त बैठकमा नेपाल र जर्मनी बीच सिधा हवाई सर्म्पर्क भएका बेला अर्थात सन् १९९४ मा ४४५३० जर्मन पर्यटकहरुले नेपाल भ्रमण गरेकोमा उक्त उडान बन्द भए पश्चात हालका वर्षमा सो संख्यामा दुई तिहाई ह्रास आएकोले सिधा हवाई सर्म्पर्क कायम गर्न तथा नेपालमा पर्यटन प्रबर्द्धनका लागि जर्मनीमा आवश्यक प्रचार प्रसारका लागि समेत जोडदार कुटनीतिक प्रयास हुनु पर्नेमा जोड दिईयो ।
उक्त अवसरमा राजदूत रोड्रेनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विभिन्न जर्मनी संघ/संस्था एवं परियोजना मार्फत पुर्याई आएको सहयोग सम्बन्धमा प्रकाश पार्नु हुंदै जर्मनीमा नेपालको प्रमुख निर्यात बस्तुहरुको निकासी विस्तारका लागि बजार अनुसन्धान एवं प्रबर्द्धन, नेपालमा पर्यटक प्रवाह बढाउन जर्मनी भाषाका दक्ष जनशक्तिको उत्पादन बढाउनु पर्ने र वारम्वार भई रहने बन्द हडताल जस्ता संस्कृतिको अन्त गरी यस्ता गतिविधिको लगानीकर्ताले मूल्याङ्कन गर्न सक्ने व्यवस्था हुनु पर्ने धारणा व्यक्त गर्नु हुंदै महासंघको सुझावहरुलाई सकारात्मक रुपमा लिई कार्यान्वयनका लागि सक्दो पहल गर्न आश्वासन दिनु भयो ।