अन्तराष्ट्रिय गुण दिवस अर्थात नोभेम्वर १३ का दिन (कार्तिक २८) देखि गुण (Quality) को महत्व, व्यापकता र विशिष्ठतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आयोजित आठ दिने गुण सहजकर्ता कार्यशाला तालीम (Workshop on Quality Facilitators Development) आज सम्पन्न भयो ।
उद्योग मन्त्रालय र महासंघद्वारा संयुक्त रुपमा आयोजित सो कार्यशालामा सरकारी तथा निजी क्षेत्रका उत्पादन र सेवा सम्बन्धी संघ/संस्था एवं निकायमा कार्यरत ३१ जनाको सहभागिता रहेको थियो । कार्यशालामा यस क्षेत्रका २२ जना प्रतिष्ठित विज्ञहरुले तालीम दिनु भएको थियो । समापान समारोहमा महासंघका अध्यक्ष कुशकुमार जोशीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गर्नुभयो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले प्रतिस्पर्धाको जमानामा गुणस्तरीय उत्पादनले मात्र राष्ट्रिय/अन्तराष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन सक्ने हुंदा कार्यशालाबाट सिकेको ज्ञानलाई प्रशिक्षार्थीहरुले आ-आफनो कार्यक्षेत्रमा लागू गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । अध्यक्ष जोशीले कार्यशालाबाट सिकेको ज्ञान र अनुभवबाट आआफनो उद्योग व्यवसायको उत्पादन र सेवाको गुणस्तर विकासमा सघाउन पुग्ने विश्वास प्रकट गर्नुभयो । गुणस्तर सम्बन्धी संस्कृति विकास नगरेसम्म अरु समस्या समाधान भएपनि अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिने पनि वताउनु भयो ।
अध्यक्ष जोशीले नेपाली उत्पादन र सेवा प्रति पनि "नेपाली ब्राण्ड" (Nepali Brand) को रुपमा विश्व बजारमा आकर्षण बढाउनु आवश्यक भएकोमा जोड दिंदै कार्यशालाबाट सिकेका कुरालाई सांच्चिकै व्यवहारमा लागू गरि गुण प्रवर्द्धनका अभियानमा सहयोग पुर्याउन आग्रह समेत गर्नुभयो । यसो गर्न सकिएमा नेपाली उत्पादनको अन्तराष्ट्रिय वजारमा विशेष पहिचान वन्न जाने वताउंदै अध्यक्ष जोशीले महासंघले गुणस्तरीय उत्पादनलाई पर््रवर्द्धन गर्ने अभियाननै थालेको र यो कार्यक्रम पनि यसैको एउटा पाटो भएको पनि स्पष्ट पार्नुभयो ।
उद्योग मन्त्रालयका सह-सचिव ज्ञान दर्शन उदासले गुणस्तरीय उत्पादनलाई बढावा दिन ज्ञानको आवश्यकता पर्ने वास्तविकतालाई मनन गरि उद्योग मन्त्रालय र महासंघले यो कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्दै यहांबाट गएपछि आ-आफनो कार्यस्थल तथा अन्यत्र समेत आदान प्रदान गरि गुण प्रवर्द्धनको अभियानमा सघाउन अनुरोध गर्नुभयो ।
महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति बिजय बहादुर श्रेष्ठले एकल प्रयासले मात्र गुण अभिबृद्धि हुन नसक्ने हुंदा सामूहिक प्रयास र प्रतिवद्धताबाट अगाडी बढन् आग्रह गर्नुभयो । उहांले कार्यशालाबाट गुणको व्यवस्थापनमा प्रशिक्षार्थीलाई निकै ठूलो उपलव्धी हुने वताउनु भयो ।
उद्योग मन्त्रालयका अर्थशास्त्री एवं कार्यशालाका संयोजक दुर्गेशकुमार श्रेष्ठ, महासंघको गुणस्तर प्रवर्द्धन समितिका सहसभापति अजय प्रधानांगले पनि बोल्नु भएको समापान समारोहमा प्रशिक्षार्थीद्वय ओमकार रेग्मी र टुयूलक्ष्मी शाक्यले कार्यशालाबाट गुण अभिवृद्धिका विषयमा व्यवहारिक ज्ञान, अन्तराष्ट्रिय प्रचलन, नीति तथा कानूनी व्यवस्थाका विषयमा समेत ज्ञान प्राप्त भएको बताउंदै यहांबाट सिकेका कुरालाई आ-आफनो कार्य क्षेत्रमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।