»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















जापान फेस्टिवलले नेपाल जापान आर्थिक सम्बन्ध थप प्रगाढ बनाउने (२०६५/८/७)


नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहभागितामा यही मंसिर १४ गते आयोजना हुने जापान सम्बन्धी प्रदर्शनी जापान फेस्टिवल (Japanese Festival 2008) ले नेपाल-जापान बीचको सम्बन्धलाई अझ मजवुद बनाउन मद्दत पुग्ने बताइएको छ ।

नेपालमा संचालित जापानी उद्योगी व्यवसायीहरुको संस्था जापानीज चेम्वर अफ कमर्स (Japanese Chamber of Commerce in Nepal -JCCN) को मुख्य आयोजना तथा जापानी राजदुतावास, जाइका आदि संस्थाको सहभागितामा आयोजना हुने एक दिने उक्त महोत्सवले समग्र जापानलाई नेपालमा प्रतिनिधित्व गर्राई दुई देश बीचको आर्थिक, सांस्कृतिक, व्यवसायिक सम्बन्ध सुधारमा सहयोग पुग्ने र जापानलाई नजिकबाट चिन्ने अवसर प्राप्त हुने बताइएको छ ।

सोही महोत्सवका विषयमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवले जापानी संस्कृति, रहनसहन, भेषभुषासंग घुलमिल भई जापान वारे थप जान्ने अवसर प्राप्त भई व्यवसायिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने जानकारी गराइयो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले नेपालको आर्थिक तथा विकासका हरेक प्रयासमा सहयोग पुर्‍याउंदै आएको जापानका वारे वुझन पाइने महोत्सवबाट जापानीज कला, संस्कृति, रहनसहन, भेषभुषा सहित त्यहांको प्रविधिका वारेमा समेत जानकारी लिन चाहनेहरुको लागि एउटा महत्वपूर्ण अवसर हुने बताउनु भयो ।

उपाध्यक्ष ताम्राकारले जापानीज महोत्सव आयोजनामा महासंघ पनि एउटा पाटो हुन पाएको खुशी व्यक्त गर्नुहुंदै जापान सरकारको पहलमा महासंघले शुरुवात गरेको "एक गाउं एक उत्पादन" कार्यक्रमबाट नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने र यस कार्यक्रमलाई अगाडी बढाउन निरन्तर सल्लाह सुझाव प्राप्त भई रहने विश्वास प्रकट गर्नुभयो ।

जापानी राजदुतावासका मिनिष्टर तादासी फुजीवारा (Tadashi Fujiwara, Minister, Embassy of Japan in Nepal) ले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्नुहुंदै नयां नेपाल बनाउने नेपालको महान अभियानमा पनि आर्थिक सहयोग निरन्तर रहने विश्वास दिलाउनु भयो । मिनिष्टर तादासीले नेपाल उद्योग वाणिज्य महासंघले सुरु गरेको "एक गाउ एक उत्पादन" कार्यक्रम नेपालको आर्थिक विकासमा कोशे ढुंगा सावित हुने बताउंदै जापानलाई प्रतिनिधित्व गर्ने फेस्टिवलमा सहभागी भएर जापानका वारे सम्पूर्ण जानकारी लिन समेत सबैलाई आग्रह गर्नुभयो । उहांले महोत्सवले नेपाली जनतालाई जापानका विषयमा थप जानकारी प्राप्त हुने विश्वास समेत प्रकट गर्नुभयो ।

महोत्सव आयोजक कमिटिका महासचिव हिदीआकी ताकादा (Hideaki Takada, General Secretary of the Committee) ले महोत्सव एवं जेसीसीएनका वारे विस्तृत प्रकाश पार्नु भएको थियो । पत्रकार सम्मेलनमा जापानी परम्परागत पोशाक पहिरिएका जापानी महिलाहरुले जापानी चिया प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य महोत्सव आयोजक समितिका अध्यक्ष जुनको नातो (Juneko Natto, Chairperson of the Committee) र धन्यवाद मन्तव्य जेसीसीएनका अमिरा दलीले दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.