नेपाल सरकारद्वारा उद्योग प्रतिष्ठानमा काम गर्ने कामदारहरुका लागि हालै निर्धारण गरिएको न्यूनतम पारिश्रमिकको कार्यान्वयनका क्रममा रहेका समस्याहरुको सम्बन्धमा व्यवस्थापन पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय र सम्बन्धित ट्रेड यूनियनहरु बीच निरन्तर छलफल जारी रहेको कुरा महासंघ सम्बन्धित सबैमा अवगत गराउंदछ ।
सो विषयमा केन्द्रिय श्रम सल्लाहकार समितिको हिजो मंसीर ९ गते सोमबार बसेको बैठकबाट पनि टुंगो नलागेकोले यही मंसिर १५ गते आइतवार समितिको पुनः बैठक बसी न्यूनतम पारिश्रमिकको कार्यान्वयन सम्बन्धमा निक्र्यौलमा पुग्ने कुरा महासंघ सबै उद्योग प्रतिष्ठानहरुलाई जानकारी गराउंदछ ।