नेपाल उद्योग वाणिज्य महासंघको सदस्य मलंगवा उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवालको कार्यस्थल (पसल)मा हिजो साँझ अज्ञात समूहद्वारा वम विस्फोट गरि क्षति पुर्याइएको घटनाप्रति महासंघ घोर भत्र्सना गर्दछ । उद्योगी व्यवसायी र उनीहरुको कार्यस्थल माथि लक्षित गरि गराइएका यस प्रकारका आक्रमण कसैको पनि हितमा नहुने र यसले सिंगो राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पार्ने हुंदा यस्ता कार्य तत्काल अन्त्य गर्न महासंघ जोडदार माग समेत गर्दछ ।
तराईमा हालैका दिनहरुमा चन्दा, फिरौतीका नाममा उद्यमी व्यवसायीहरु माथि निरन्तर आक्रमण गर्ने, विभिन्न बहानामा बन्द हड्ताल गरि र्सवसाधारण जनताको दैनिक जीवनयापनमा समेत गम्भीर असुविधा पुर्याउने जस्ता गतिविधिहरु बढ्दै जांदा उद्यमी व्यवसायीहरुले निकै असुरक्षाको महसुस गर्न परेको छ । तर्सथ त्यस प्रकारका आपराधिक क्रियाकलाप बन्द गरि शान्ति सुरक्षाको अवस्था सुदृढ बनाई आम जनताको शान्ति पूर्वक बस्न पाउने, पेशा व्यवसाय गर्न पाउने, हिडडुल गर्न पाउने जस्ता संविधान प्रदत्त स्वतन्त्रताको प्रत्याभुति दिई आपराधिक कार्यमा संलग्नहरुलाई तत्काल कानूनको कठघरामा लेर्राई कडाभन्दा कडा कारवाही गर्न महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गर्दछ ।