अन्तराष्ट्रिय श्रम संगठन (International Labour Organisation - ILO) द्वारा आजदेखि यही मंसिर १२ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना गरिएको आप्रवासी कामदार सम्बन्धी क्षेत्रीय बैठक (Regional Meeting on Migrant Workers) मा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भाग लिंदै हुनुहुन्छ । उक्त बैठकमा सरकार, रोजगारदाता र ट्रेड यूनियनहरुको सहभागिता रहने छ ।
सो कार्यक्रममा उपाध्यक्ष पाण्डेले सम्बन्धित बिषयमा नेपालको अवधारणा सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।