»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धमा भएको सहमति (२०६५/८/१५)


नेपाल सरकारले उद्योग/प्रतिष्ठानका कामदार कर्मचारीहरुको लागि हाल निर्धारण गरेको न्यूनतम तलव र महंगी भत्ताको कार्यान्वयन सम्बन्धमा निम्नानुसार गर्न/गराउन नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियन महासंघहरु वीच आज काठमाडौंमा सहमति भएको छः-

तपसील

१. निम्न वर्गिकरणमा रहेका कामदारर्/कर्मचारीहरुको न्यूनतम तलव र महंगी भत्ता निम्नानुसार पुर्याउनेः-

कामदारको किसिम
बेसिक तलव (रु.)
महंगी भत्ता (रु.)
जम्मा न्यूनतम पारिश्रमिक (रु.)
अदक्ष
३०५०।
१५५०।
४६००।
अर्धदक्ष
३१००।
१५५०।
४६५०।
दक्ष
३२१०।
१५५०।
४७६०।
उच्च दक्ष
३४००।
१५५०।
४९५०।

2. कुनै उद्योग/प्रतिष्ठानले न्यूनतम तलव र भत्तामा वृद्धि गरेको रहेछ भने त्यस्तो वृद्धि रकमलाई हाल वृद्धि भएको तलव र महंगी भत्तामा समायोजन गर्ने । (जस्तैः अदक्ष मजदूरको २०६४ साल माघ १ गतेदेखि न्यूनतम तलव रु.२२००। मा रु.४००। वृद्धि भएको रहेछ भने त्यसमा अव अरु रु. ४५०। मात्र थप गरि रु.३०५०। न्यूनतम तलव पुर्याई दिने । यसैगरि महंगी भत्तामा समेत समायोजन गर्ने । वाषिर्क वृद्धि (ग्रेड) भने समायोजन नगर्ने ।)

३. उक्त पारिश्रमिक २०६५ साल असोज १ गतेदेखि लागू हुने गरि कार्यान्वयन गर्ने ।

४. दैनिक ज्यालादारीको हकमा प्रति दिन रु. १९०। न्यूनतम ज्याला लागू गर्ने ।

५. श्रम एवं औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानको लागि व्यवस्थापन र ट्रेड यूनियन पक्ष वीच आपसी सहमति कायम गर्दै अघि बढ्ने ।

उक्त सहमति पत्रमा नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियन महासंघहरुको तर्फबाट निम्न पदाधिकारीहरुले हस्ताक्षर गर्नु भएको छः-

नेउवामहासंघको तर्फबाट
ट्रेड यूनियन महासंघको तर्फबाट
श्री कुशकुमार जोशी, अध्यक्ष
श्री मुकुन्द न्यौपाने अध्यक्ष, नेपाल ट्रेड यूनियन महासंघ
श्री अशोक कुमार तोदी, कार्यकारिणी समिति सदस्य
माननीय श्री शालिकराम जमरकट्टेल, अखिल नेपाल ट्रेड यूनियन महासंघ
श्री सुरेश बस्नेत, कार्यवाहक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
श्री पुष्कर आचार्य, उपाध्यक्ष, नेपाल ट्रेड यूनियन कांग्रेस-स्वतन्त्र ।
श्री मनिष कुमार अग्रवाल, सदस्य, रोजगारदाता परिषद्
श्री जय कार्की, अध्यक्ष, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक)
श्री अञ्जन श्रेष्ठ, सदस्य, रोजगारदाता परिषद्
श्री हिक्मतजंग भण्डारी महासचिव, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ
श्री गान्धि पंडित, होटल संघ नेपाल
श्री तिलक बहादुर थापा, अध्यक्ष, नेपाल प्रगतिशील ट्रेड यूनियन महासंघ (फिनेप्ट)

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.