नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले वर्तमान सरकारले आर्थिक क्रान्तिको नारा दिए पनि उद्योग व्यवसाय फष्टाउने वातावरण अझै तयार गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उद्योगी व्यवसायीहरु चन्दा आतंक, श्रम विवाद, कर समस्या, विद्युत संकट जस्ता समस्याले ग्रस्त र आतंकित भईरहेकाले शान्ति सुरक्षा एवं अनुकूल औद्योगिक व्यवसायिक वातावरण नहुने हो भने सवै उद्योग धन्दा बन्द हुने बताउनु भएको छ ।
मेची उद्योगी वाणिज्य संघको आठौं वाषिर्क साधारण सभाको हिजो भद्रपुरमा उद्घाटन गर्दै अध्यक्ष जोशीले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष जोशीले सरकारले शान्ति सुरक्षा सुदृढ बनाउन नसक्दा कर आतंक बढेको र उद्योगी व्यवसायीलाई डर त्रासमा पारेर विभिन्न समूहले विभिन्न नाममा जवरजस्ति चन्दा असूली गरिरहेको उल्लेख गर्नु हुदै शान्ति विना आर्थिक विकास संभव नभएकोले नेपाललाई समृद्धशालि बनाउने हो भने शान्ति सुरक्षा र कानूनी शासनको प्रत्याभूति हुनर्ुपर्नेमा जोड दिनु भयो ।
बन्द हड्ताल र चक्काजाम जस्ता गतिविधिलाई गैर कानूनी घोषित गर्नुका साथै शान्ति सुरक्षा तत्काल कायम गर्नु पर्नेमा पनि अध्यक्ष जोशीले जोड दिनु भयो ।
महासंघको कार्यकारिणी समिति सदस्य एवं मेची अञ्चल प्रतिनिधि मित्रप्रसाद काफ्लेले पांचथरबाट झापा आउंदा ५ ठाउंमा विभिन्न समूहले करको नाममा व्यवसायीसंग मोटो रकम जवरजस्ती असूली रहेको बताउनु हुदै आंतकित बनाउनेलाई प्रशासनले नियन्त्रण गर्न सक्रियता नअपनाएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
संघका अध्यक्ष विजय डालमियाको सभापतित्वमा आयोजित सो समारोहमा सभासद् उषा गुरुङ्ग, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण प्रसाद हमाल, मेची नगर नगरपालिकाका कार्यकारी अधिकृअत भगवान अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेश डालमिया, संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतका वक्ताले साधारण सभाको सफलताको लागि मन्तव्य व्यक्त गर्नु भएको थियो ।
समारोहमा झापाको औद्योगिक एवं सामाजिक विकासमा योगदान पुर्याउनु हुने उद्योगपति सुभाष चन्द्र संर्घाई र नसुह प्रर्साईलाई सम्माननीत गरियो ।