»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मनकामना दर्शन प्रा.लि. को श्रम विवाद अन्त तथा कामकाज सूचारु संचालन गर्ने सहमति (२०६५/८/२०)


मनकामना दर्शन प्रा.लि. द्वारा संचालित केबुलकार त्यहां कार्यरत सेक्यूरिटी मजदूरहरुद्वारा विभिन्न माग राखि आन्दोलन गरेका कारण गत कार्तिक २४ गतेदेखि अनिश्चितकालिन रुपमा बन्द भएकोमा गरुड सेक्यूरिटी र्सर्भिससेजका कामदारहरु वीच श्रम तथा यातायात व्यवस्था मन्त्रालय र मनकामना दर्शन प्रा.लि.को रोहवरमा आज सहमति भई मजदूरहरुले आन्दोलनका सवै कार्यक्रमहरु फिर्ता लिई आजैदेखि कामकाज संचालन गर्ने सहमति भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले वार्ताको माध्यमबाट सो समस्या समाधान भई केबुलकार सूचारु संचालन गर्ने समेत सहमति भएकोमा त्यसको सराहना गरेको छ । उक्त सहमति पत्रमा श्रम ऐन तथा नियम बमोजिम स्थायी गर्ने समेतका सम्पर्ूण्ा सेवा सुविधाहरु सवै कामदार कर्मचारीहरुलाई सेक्यूरिटी र्सर्भिसेजका तर्फाट उपलब्ध गराउने, आन्दोलन अवधिको तलव गरुड सेक्यूरिटी र्सर्भिसेजले व्यहोर्ने, भविष्यमा कामदार कर्मचारीले समेत श्रम ऐन तथा नियमको पूर्ण पालना गर्ने र अनुचित श्रम अभ्यासको अन्त्य गर्ने समेत उल्लेख छ ।

महासंघका अध्यक्ष कुशकुमार जोशी, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सह सचिव विष्णु प्रसाद लम्साल तथा मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ, अखिल नेपाल टे्रड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल र अखिल नेपाल सेक्यूरिटी मजदूर संघका केन्द्रिय महासचिव शालिकराम काफ्ले समेतको रोहवरमा गरुड सेक्यूरिटी र्सर्भिसेजका कार्यकारी निर्देशक सवल शाह तथा महाप्रबन्धक गोपाल प्रसाद श्रेष्ठ एवं मनकाना दर्शन प्रा.लि. मा कार्यरत सो र्सर्भिसेजका मजदूरका तर्फाट जित बहादुर राना र राम बहादुर श्रेष्ठले उक्त सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

कुनै पनि संघ/संस्थाले वाहिरी श्रोत (outsourcing) बाट कामदारर्/कर्मचारी काममा लगाउन पाउने र ती कामदार कर्मचारीको सेवा सुविधा सम्बन्धी शर्त एवं दायित्व आपर्तिकर्ता संघ/संस्थाको नै रहने सिद्धान्त अनुसार सो व्यवस्था गरिएको हो

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.