»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मध्यमाञ्चल क्षेत्रीय उवासंघ तदर्थ समिति गठन: शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेकोमा गंभीर चिन्ता व्यक्त (२०६५/९/४)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारको सभापतित्वमा मध्यमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघका अध्यक्षहरुको भेला हिजो घुलिखेलमा सम्पन्न भयो । भेलाले र्सवसम्मतिद्वारा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष दिल सुन्दर श्रेष्ठको संयोजकत्वमा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघ तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिमा मध्यमाञ्चल क्षेत्रका अन्य २१ वटा जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य संघका अध्यक्षहरु सदस्य रहेका छन् ।

साथै सो समितिमा महासंघको कार्यकारिणी समितिमा जनकपुर, बागमती र नारायणी अञ्चलको प्रतिनिधित्व गर्नुहुने क्षेत्रीय प्रतिनिधिहरु क्रमशः निर्मल कुमार चौधरी, विष्णु बहादुर खत्री र गोपाल कर्माचार्य सल्लाहकार रहुनु हुनेछ ।

धुलिखेल उद्योग वाणिज्य संघको आतिथ्यमा आयोजित उक्त भेलाले सो क्षेत्रीय संघको विधिवत् निर्वाचन आगामी फागुन मसान्त भित्र गर्ने निर्णय पनि गरेको छ ।

भेलालाई संबोधन गर्नु हुदै महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले उद्योगी व्यवसायीको सुरक्षाका लागि पटक पटक आग्रह गर्दा पनि सुरक्षा हुन नसकेको र तराईमा सशस्त्र समूहबाट आक्रमण भईरकेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

महासंघको कार्यकारिणी समिति सदस्यद्वय निर्मल कुमार चौधरी र विष्णु बहादुर खत्री तथा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ लगायतका वक्ताले उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायी माथिको आक्रमण प्रति गम्भिर चिन्ता व्यक्त गर्दै त्यसको विरुद्ध उभिई शान्ति सुरक्षाका लागि पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.