»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगी व्यवसायीको सुरक्षाको प्रत्याभूति सहित अपराधिलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न महासंघद्वारा सरकारसंग आग्रह (२०६५/९/८)


देशमा लामो समयदेखि उद्योगी व्यवसायि माथि श्रृंखलाबद्ध रुपमा भईरहेको आक्रमणकै क्रममा वीरगञ्ज स्थित खुद्रा व्यापार संघका अध्यक्ष विश्वनाथ भगतलाई गोली हानिएको डेढ साता भित्रै वीरगञ्जका अर्का युवा व्यापारी राजेश क्यालको हिजो सोमवार सांझ अज्ञात समूहले गोली हानी हत्या गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ त्यसको घोर भर्त्सना गर्दै अपराधिलाई तत्कालै पक्राउ गरी कानूनी कारवाही तथा उचित क्षतिपूर्तिको लागि महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

काठमाडौं लगायत देशका विभिन्न भागमा बढ्दो अपराधिक क्रियाकलापका कारण जनधनको सुरक्षा हुन नसकेको हुंदा महासंघ लगायत निजी क्षेत्रसंग जीउधनको सुरक्षाको प्रत्याभूति सहित अपराधिहरु तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने प्रतिबद्धता सरकारबाट वारम्वार गरिएता पनि अपराधिक क्रियाकलाप श्रृंखलाबद्ध रुपमा बढ्दै जानुबाट सरकार जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको र असुरक्षा झन् बढेको स्पष्ट हुन्छ ।

देशमा एकातिर श्रम अशान्ति र विद्युत लोडसेडिङ्ग जस्ता समस्या बढ्दो छ भने अर्को तिर दिन प्रति दिन असुरक्षा बढ्दो छ । यस स्थितिमा उद्योग व्यवसाय क्षेत्रलाई जीवन्त राख्न सरकार गम्भिर रुपमा लाग्नै पर्दछ ।

सम्पूर्ण देशबासीको जनधनको सुरक्षा गर्नुका साथै उनीहरुको पेशा व्यवसाय गरी जीविकोपार्जन गर्न पाउने नैर्सर्गिक अधिकारको पूर्ण प्रत्याभूति गर्नु राज्यको प्रमुख कर्तव्य भएकोले यसका साथै सो सम्बन्धमा सरकारले गरेको प्रतिबद्धता पूरा गर्दै जान सरकारसंग जोडदार आग्रह गर्दै यस विपरित निजी क्षेत्र माथि हुने आक्रमण नरोकिएमा आत्म रक्षाका लागि समेत उद्योगी व्यवसायी संघर्षमा उत्रन बाध्य हुनु पर्ने र त्यसबाट निस्कने परिणाम प्रति सरकार आफै जिम्मेवार हुने पनि महासंघको धारणा रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.