»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग मन्त्री समक्ष महासंघद्वारा औद्योगिक, विदेशी लगानी र प्रविधि हस्तान्तरण नीति माथि सुझाव प्रस्तुत (२०६५/९/११)


उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य समक्ष नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उद्योग मन्त्रालयमा भेटि औद्योगिक नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीति, २०६५ को मस्यौदा माथि महासंघको सुझाव एवं धारणा प्रस्तुत गर्‍यो ।

नेपाल सरकारको आर्थिक वर्ष२०६५/६६ को बजेट बक्तव्यमा विद्यमान औद्योगिक नीति एवं विदेशी लगानी नीतिलाई २०६५ मंसीर मसान्त भित्र परिमार्जन गरिने उल्लेख भएको तथा सो सम्बन्धमा महासंघको राय प्रतिक्रियाका लागि प्राप्त नयां औद्योगिक नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीति, २०६५ को मस्यौदा माथि महासंघले आफ्ना सदस्य संघ/संस्था एवं सरोकार पक्षहरु वीच पटक पटक विस्तृत छलफल गरि उक्त सुझाव एवं धारणा तयार पारेको हो ।

महासंघका उपाध्यक्ष पाण्डेले उक्त सुझाव एवं धारणा प्रस्तुत गर्नु हुदै महासंघद्वारा प्रस्तुत सुझाव एवं अवधारणाहरुलाई उपरोक्त नीतिहरुमा समावेश गरि देशमा लगानी प्रवर्द्धन एवं अनुकूल औद्योगिक वातावरण सृजना गर्ने कार्यमा सहयोग हुन उद्योग मन्त्री शाक्यलाई आग्रह गर्नु भयो ।

विद्यमान गम्भिर विद्युट संकट, श्रम असामञ्जस्यता, निरन्तर बन्द, हड्ताल लगायतका अशान्ति र असुरक्षा आदिका कारण सम्पूर्ण उद्योग व्यवसाय नै संकटग्रस्त हुन गई अधिकांश उद्योग व्यवसाय बन्द हुने वातवारण सिर्जना भएको समेत उपाध्यक्ष पाण्डेले उद्योग मन्त्रीको गम्भिर ध्यानाकर्षा गराउनु भयो ।

त्यसैगरी उपाध्यक्ष पाण्डेले नीति प्रतिपादन र कार्यान्वयनमा सरकारलाई सहयोग तथा सरकारसंग सहकार्य गर्न महासंघ सदा तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

सो अवसरमा उद्योग मन्त्री शाक्यले महासंघले विस्तृत छलफल गरि निजी क्षेत्रको सुझाव एवं धारणा तयार पारेकोमा धन्यवाद ज्ञापन गर्नु हुदै ती सुझाव एवं धारणालाई सम्बन्धित नीतिहरुमा सक्दो समेटिने आश्वासन दिनु भयो ।

उक्त प्रतिनिधिमण्डललमा महासंघको कार्यकारिणी समितिका सदस्य रामचन्द्र संर्घइ, उद्योग समितिका सह सभापति श्याम कुमार लोहिया, विशेष आमन्त्रित सदस्य कौशलनाथ भट्टर्राई र महासंघका महानिर्देशक मेघनाथ न्यौपाने सम्मिलित हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.