पछिल्लो तथ्यांक अनुसार नेपालमा करिव रु. ३ अर्व ७४ करोड ७० लाख ८० हजार नेपाली रुपैयां बराबरको चीनियाँ लगानी रहेको छ । उद्योग विभागको तथ्यांक अनुसार २०६४ चैत्र मसान्तसम्म चीनियां संयुक्त लगानीमा नेपालमा २७ वटा उद्योग संचालनमा, ३५ वटा निर्माणाधिन, १० वटा संचालन अनुमती (लाइसेन्स) लिएका र ९३ वटा संचालन स्वीकृत प्राप्त गरेका गरि कुल १ सय ६५ उद्योग रहेका छन् भने त्यसबाट करिव ११ हजार रोजगारी सृजना भएको छ । नेपालमा संयुक्त विदेशी लगानीमा आएका कूल उद्योगहरुमा चीनको अंश १२ दशमलव ५४ रहेको छ । विशेष गरि नेपालमा निर्माण तथा सेवा (होटल तथा रेष्टुरां व्यवसाय), जलविद्युत, खाद्य उद्योग, तयारी पोशाक तथा पश्मिना, अस्पताल तथा स्वास्थ्य सेवा, विद्युतीय सामग्री उत्पादन, जडीवूटीजन्य उद्योगमा चीनियां लगानी रहेको छ ।
व्यापार तर्फसन् २००७/०८मा नेपालले चीन तर्फ (तिव्वत/ल्हासा समेत) रु. ७३ करोड ६४ लाख ५ हजार मुल्य वरावरको नेपाली वस्तु निर्यात गरेको थियो भने सोही आवमा चीन (तिव्वत/ल्हासा समेत)बाट रु.२२ अर्व २५ करोड ५८ लाख ४५ हजार मुल्य वरावरको वस्तु आयात गरेको छ । यसबाट नेपालले चीनसंगको व्यापारमा ठूलो व्यापार घाटा व्यहोर्नु परेको छ । पर्यटन तर्फ सन् २००७ मा नेपालमा ३६ हजार चीनियां पर्यटक नेपाल आएका थिए । सन् २००८ मा हवाई मार्ग हुंदै चीनबाट १४ हजार ७६ जना चीनियाँ पर्यटकहरु हवाई मार्ग हुंदै नेपाल आएका थिए । चीनले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपनि नेपालले सोही अनुरुप पर्यटन सम्बन्धी पूर्वाधार विकास तथा कार्यक्रमहरु ल्याउन नसक्दा सोचे अनुसार चीनिया“ पर्यटकहरु नेपाल भित्रन सकेका छैनन ।
नेपाल र चीन बीचको दौत्य सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको छ । जनस्तरमा पनि दुई देश बीचको सम्बन्ध निकै उत्कृष्ट रहेको छ । नेपालको हरेक विकास प्रयासमा मित्र राष्ट्र चीनबाट आर्थिक प्राविधिक सहयोग प्राप्त भैरहेको छ । मित्रराष्ट्र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा दूरसंचार, उपत्यकाको चक्रपथ निर्माण, निजामती अस्पताल तथा प्रमुख राजमार्गहरुको निर्माण सम्पन्न भएका छन् भने कतिपय महत्वपूर्ण आयोजनाहरु निर्माणको चरणमा रहेका छन् । आर्थिक सम्वृद्धि तर्फनिकै त्रि्र रुपमा अघि बढी रहेको चीनसंग निजीस्तरबाट आर्थिक तथा व्यापारिक सम्बन्धलाई मजवुद बनाउंदै नेपालमा चीनियाँ लगानी भित्रयाउने उद्देश्यले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको पहलमा सन् १९९६ मा स्थापना भएको नेपाल-चीन गैर सरकारी सहयोग मंच (Nepal-China Non-governmental Cooperation Forum) का माध्यमबाट पनि ठूलो पहल भैआएको छ ।
नेपाल-चीन गैर सरकारी सहयोग मंचको माध्यमबाट खास गरी नेपाल र चीनको स्वसाशित क्षेत्र तिव्वत बीच अतिरिक्त राजमार्ग निर्माण, ल्हासा नजिकको शहर छेन्दू (Zhengdu) संग हवाई संपर्क कायम गर्न, नेपालमा चिनियां मुद्रा सटहीको व्यवस्था गर्न, नेपाललाई चीनियां पर्यटकहरुको गन्तव्य स्थलको सूचीमा समावेश गर्न, नेपाल र तिव्वत बीचको सीमा क्षेत्रमै प्लान्ट क्वारेन्टाइन (Quarentine Plant) तथा गुणस्तर तथा गुणस्तरीयताको प्रमाणपत्र दिने व्यवस्था गर्न, नेपाल र तिव्वत व्यापार प्रतितपत्र (LC) को माध्यमबाट गर्न प्रोत्साहित गर्ने, सीमा भंसारलाई आधुनिकीकरण गर्न, अरनिको राजमार्गको नियमित मर्मत संभार तथा सुधार जस्ता कार्यमा केही सफलता मिलेको छ ।
तर पनि नीतिगत, कानूनी, प्राविधिक तथा पर्याप्त पूर्वाधारको अभाव आदि कठिनाईका कारण नेपालमा चीनिया“ लगानी भित्रन सकेको छैन । हालैका दिनहरुमा उत्पन्न असुरक्षा, श्रम समस्या, चर्को लोडसेडिङ आदिबाट विदेशी लगानी आकर्षा तथा भएका लगानीहरुको संरक्षणमा समेत निकै ठूलो चुनौती थपिएको छ । उल्लेखित समस्याहरुलाई तत्काल सम्वोधन गरि चीनको स्वशासित क्षेत्र तिव्वतको बजार आवश्यकतालाई हेरेर सोही अनुसारका वस्तु उत्पादन गर्ने संयुक्त लगानीका उद्योगहरु नेपालमा स्थापना मार्फ नेपालको व्यापार घाटालाई कम गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण चुनौती हो । यसका लागि आर्थिक विकासमा निरन्तर अघि बढेका दुइ छिमेकी भारत तथा चीनको बीचमा रहेको नेपाललाई महत्वपूर्ण "सेतु"को रुपमा विकास गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
यही पृष्ठभूमिलाई दृष्टिगत गर्दै नेपाल उद्योग वाणिज्य महासंघले भोली काठमाडौंमा नेपालमा चीनिया“ लगानी प्रवर्द्धन विषयमा वृहद गोलमेच छलफल कार्यक्रमको आयोजना गर्दैछ । नेपालको नया“ प्रत्यक्ष वैदेशिक लगानी नीति (FDI Policy), औद्योगिक नीति (Industrial Policy), नेपालमा चीनिया“ लगानीका सम्भावित क्षेत्रहरु वारे चिनिया“ लगानीकर्ताहरुलाई अवगत गराउने, चीनिया“ लगानीकर्ताहरुले भोग्नु परेका मुख्य समस्याहरु तथा त्यसका समाधानका उपायहरु माथि विस्तृत छलफल गराउने र नेपालमा चीनिया“ लगानी आकषिर्त गर्न आवश्यक नीति तथा सुविधा आदि वारे चीनियां पक्षको धारणा वुझने मुख्य उद्देश्यले सो कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपालमा केहि वर्षतादेखि चीनिया“ लगानीको परिणाममा खासै कुनै वृद्धि हुन नसकेको धेरै कारणहरु मध्ये नेपालमा विदेशी लगानीको लागि उपयुक्त वातावरण अझै बन्न नसकेको तथा नेपालमा परियोजनाहरु संचालन गर्दा विभिन्न समस्याहरुको सामना गर्नुपरिरहेको गुनासो चीनिया“ लगानीकर्ताहरुबाट आइरहेको समयमा हुन लागेको यस कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ । खास गरि हालैका दिनहरुमा विभिन्न परियोजनाहरुमा शान्ति सुरक्षा लगायत श्रमजन्य समस्या उत्पन्न भई परियोजनाहरुको संचालनमै अवरोध आइरहेको छ । अर्थमन्त्री डा. वावुराम भट्टर्राईको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि चीनिया“ राजदुत, चीनिया“ लगानीकर्ता, वरिष्ठ उद्यमी व्यवसायीहरु एवं चीनिया“ राजदूतावासका वरिष्ठ पदाधिकारीहरुको समेत सहभागितामा नेपालमा रहेका चीनिया“ लगानीकर्ताहरुसंग हुन लागको यस कार्यक्रमबाट समस्याको वस्तुतथ्य पत्ता लगाई नेपालमा विदेशी लगानी खासगरि चीनियां लगानी प्रवर्द्धनमा निकै सघाउ पुग्ने अपेक्षा गरिएको छ । छलफल कार्यक्रममा यस क्षेत्रका करिव ८० जना व्यक्तिहरुको सहभागिता रहने छ ।
कार्यक्रमबाट प्राप्त सुझाव तथा निक्र्यौलबाट यसै वर्षचीनमा हुने नेपाल-चीन गैर सरकारी सहयोग मंचको दशौं बैठक तथा सो बैठकमा नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा चीनिया“ लगानी आकषिर्त गर्ने सम्बन्धमा चीन सरकार समक्ष राख्ने प्रस्तावको तयारीमा समेत ठूलो सघाउ पुग्ने विश्वास गरिएको छ ।