»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















फोहोर मैलाबाट विद्युत उत्पादन सम्बन्धी प्रारम्भिक अध्ययनका लागि महासंघद्वारा कार्यदल गठन (२०६५/१०/१७)


काठमाडौं उपत्यकाको फोहोर मैलालाई बैकल्पिक उर्जाको रुपमा प्रयोग गरी विद्युत आपूर्ति गर्ने कार्यको प्रारम्भक अध्ययनका लागि सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप नेपाल उद्योग वाणिज्य महासंघले एक कार्यदल (Working Group) गठन गरेको छ ।

महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा आज महासंघको सचिवालयमा नेपाल चेम्बर अफ कमर्स लगायत उपत्यकाका जिल्ला उद्योग वाणिज्य संघहरु, जिल्ला विकास समिति, काठमाडौं महानगरपालिका लगायत उपमहानगरपालिका एवं नगरपालिका र फोहोर मैला व्यवस्थापन तथा श्रोत परिचालन केन्द्रको सहभागितामा बसेको बैठकले उक्त कार्यदल गठन गरेको हो ।

महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति किशोर कुमार प्रधानको संयोजकत्व एवं उर्जा तथा वातावरण फोरमका संयोजक संजय गिरीको सहसंयोजकत्वमा गठित उक्त कार्यदलका अन्य सदस्यहरुमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश्वरलाल जोशी र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिका साथै काठमाडौं महानगरपालिका पुरुषोत्तम शाक्य, ललितपुर उपमहानगरपालिकाका प्रदीप अमात्य, भक्तपुर नगरपालिकाका सुरेश चन्द्र बज्राचार्य, मध्यपुर थिमी नगरपालिकाका तुलसीभक्त तको, कीर्तिपुर नगरपालिकाका प्रतिनिधि र फोहोर मैला व्यवस्थापन तथा श्रोत परिचालन केन्द्रका अशोक शाही रहनु भएको छ ।

त्यसैगरी उक्त समितिको सल्लाहकारमा प्राविधिक सुरेन्द्र भक्त माथेमा रहनु भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर मैलालाई बैकल्पिक उर्जा उत्पादनका लागि प्रयोग गर्न सके लामो समयदेखि फोहोर मैला व्यवस्थापनमा देखिएको समस्याका साथै विद्युत लोड कम गर्नमा समेत सहयोग पुग्नेमा उक्त वैठकका सहभागिहरुले जोड दिनु भयो ।

उक्त प्रक्रियाबाट फोहोर मैलाबाट जन स्वास्थ्य, पृथ्वीको तापक्रम तथा वातावरणमा पर्ने नकारात्मक प्रभाव नियन्त्रणमा समेत योगदान पुग्ने पनि उहांहरुको धारणा रहेको छ ।

काठमाडौं उपत्यकाबाट हाल दैनिक ४५० मेटि्रक टन फोहोर मैला संकलन गर्न सकिने र त्यसबाट दैनिक ८ मेगावाट विद्युत उत्पादन गर्न सकिने पनि उक्त बैठकमा औल्याइयो ।

बैठकलाई संबोधन गर्नु हुंदै महासंघका अध्यक्ष जोशीले काठमाडौं उपत्यकामा व्यवस्थापन र बैकल्पिक उपयोगको अभावमा दैनिक रुपमा बढ्दै गएको फोहोर मैला हटाउनु निजी क्षेत्रको संस्थापक सामाजिक दायित्व समेत भएकोले फोहोर मैलाको उपयोगद्वारा विद्युत उत्पादन गर्न सके विद्युत लोड सेडिङ्ग कम गर्न तथा उपत्यकालाई स्वच्छ र सफा राख्न योगदान पुग्ने हुंदा र्सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप सो कार्यलाई युद्धस्तरमै अगाडि बढाउनु सवैको सक्रिय सहयोग आवश्यक भएकोमा जोड दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.