»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग संगठन मोरङ्गद्वारा सञ्चालित आन्दोलन प्रति र्समर्थन सहित नेउवामहासंघद्वारा ऐक्यबद्धता जाहेर (२०६५/११/३०)


वर्तमान अवस्थाको अकल्पनिय विद्युत लोडसेडिङ्ग, बन्द-हडताल, चन्दा आतंक लगायत उद्योग क्षेत्रले भोग्नु परिहेका जटिल समस्या समाधानको माग राख्दै उद्योग संगठन मोरङ्गको आयोजनामा सुनसरी-मोरङ्ग औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरुद्वारा विगत दुई सातादेखि चरणबद्ध आन्दोलन प्रति सरकारले गम्भीरतापर्ूवक नलिई समस्या समाधान तर्फचासो नदेखाएको प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।

उद्योग व्यवसायहरुमा विद्युत आपूर्ति नियमित गर्नुपर्ने, बन्द हड्ताल र चक्काजाम निषेध गरिनुपर्ने, शान्ति सुरक्षा कायम हुनुपर्ने, विद्युत डिमाण्ड शुल्क हटाउनु पर्ने, उद्योगका लागि छुट्टै विद्युत आपूर्तिको स्थायी व्यवस्था गर्नुपर्ने र मोरङ, बा“सवारी स्थित मल्टिफयूल पूर्ण क्षमतामा अविलम्व संचालन गर्नुपर्ने लगायतका जायज माग राखि सञ्चालित चरणबद्ध आन्दोलन प्रति महासंघ जोडदार र्समर्थन सहित ऐक्यबद्धता समेत जाहेर गर्दछ ।

राजनीतिक एजेण्डाको टुंगो लागि देश र जनताको ध्यान नयाँ संविधान निर्माण तर्फ केन्द्रित भएको वर्तमान अवस्थामा मुलुकको समग्र विकासका लागि आर्थिक एजेण्डा सहित सिंगो मुलुक आर्थिक क्रान्ति तर्फ लाग्नु पर्नेमा यसको विपरित अशान्ति र असुरक्षा, दैनिक २० घण्टासम्मको लोडसेडिङ्ग, श्रम विवाद, निरन्तरको बन्द हडताल जस्ता गतिविधिले उद्योग व्यवसाय मात्र नभई दैनिक जनजीवननै ठप्प हुन पुगेको छ । उद्योग धन्दाको प्रमुख पूर्वाधारको रुपमा रहेको विद्युत शक्तिको अभाव लगायत औद्योगिक वातावरण अनुकूल नभएका कारण उद्योग स्वतः बन्द गर्नु स्थिति सृजना भएकोले यसबाट रोजगारी, राजश्व एवं अर्थतन्त्रनै अस्तव्यस्त भई मुलुक गम्भीर संकटमा फस्ने हुंदा तत्काल सो संगठनका मागलाई संबोधन गरी अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षा गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.