नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक मेघनाथ न्यौपाने संयुक्त अधिराज्य सरकार अन्तरगत ब्रिटिस काउन्सिलको निमन्त्रणामा व्यवसायिक शिक्षामा वेलायत सरकारले दिने तालीम तथा तालीम पश्चात प्रदत्त रोजगारीका अवसरहरुको साताव्यापी अध्ययन भ्रमणका लागि आज त्यसतर्फप्रस्थान गर्नु भयो ।
चैत्र ६ गतेसम्म चल्ने उक्त अध्ययन भ्रमणका क्रममा निर्माण क्षेत्रमा कुन-कुन विषयमा कस्तो तालीम र त्यसलाई कसरी शीपमूलक ढंगले अघि बढाउने र नेपालको शीप परिक्षण (Skill Testing) तथा नेउवामहासंघद्वारा संचालित इलम प्रशिक्षण कार्यक्रम (Trade School)लाई कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने सम्बन्धमा अध्ययन हुने छ ।
अध्ययन भ्रमणका क्रममा महानिर्देशक न्यौपानेले वेलायतका व्यवसायिक शिक्षास“ग सम्बन्धित संघ/सस्थाका अधिकारीहरुसंग नीतिगत विषयमा छलफल समेत गर्नु हुने कार्यक्रम रहेको छ ।