राजश्व अनुसन्धान विभागबाट राजधानीस्थित व्यवसायिक र्फमहरुमा अप्रत्यासित र उद्योग वाणिज्य संघको प्रतिनिधिको उपस्थिति विना छापा पार्ने काम भएको सुनिनमा आएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको छ ।
लामो समयको तराई बन्दबाट मुक्त भई मालवस्तुको वजारमा आपूर्ति हुन लागेको समयमा यसरी एक्कासी व्यवसायिक स्थलमा छापा मार्दा व्यवसायिक क्षेत्र चिन्तित भएको र यस्ता कारवाही गर्दा पारदर्शी र उद्योग वाणिज्य संघहरुको प्रतिनिधि समावेश गरेर मात्र गरियोस भनी नेपाल सरकार समक्ष आग्रह समेत गर्दछौं ।
नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल चेम्वर अफ कमर्स
नेपाल उद्योग परिसंघ