»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















औद्योगिक व्यवसायिक संकट समाधानका लागि मन्त्रीपरिषद्बाट भएको निर्णय प्रति निजी क्षेत्रद्वारा धन्यवाद सहित आभार (२०६५/१२/६)


औद्योगिक व्यवसायिक संकट समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" समक्ष निजी क्षेत्रका औद्योगिक व्यवसायिक संस्थाका अध्यक्षहरुको प्रतिनिधिमण्डलले हिजो संयुक्त रुपमा विभिन्न माग सहितको पत्र प्रस्तुत गरेकोमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा हिजै बसेको मन्त्रीपरिषद्को वैठकले उद्योग व्यवसाय क्षेत्र संकटमा पर्न नदिन ती मागहरुलाई संबोधन गर्ने निर्णय गरेकोमा उक्त मागपत्रमा हस्ताक्षर गर्नु हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद कुमार चौधरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकार तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष आङ्ग देण्डी शर्ेपाले आ-आफ्नो संस्थाको तर्फाट प्रधानमन्त्री दाहाल तथा उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य लगायत मन्त्रीपरिषद्का सम्पूर्ण सदस्यहरुमा धन्यवाद सहित हार्दिक आभार प्रकट गरेको छ ।

साथै उहांहरुले मन्त्रीपरिषद्बाट भएका सम्पूर्ण निर्णयहरु तत्कालै प्रभावकारी रुपमा कार्यान्वयन हुने र यस कार्यमा सम्पूर्ण राजनीतिक दल तथा तिनका भातृ संगठनहरु, नेपाल सरकारका सबै संयन्त्र, पेशागत एवं व्यवसायिक संगठनहरु र नागरिक समाजबाट समेत पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नु भएको छ ।

स्मरणीय छ, अकल्पनीय बिद्युत लोडसेडिङ्गका साथै निरन्तरको बन्द, हडताल र चक्काजाम, शान्ति सुरक्षाको अभाव, श्रम समस्या, आर्थिक मन्दी लगायतका समस्याहरुले आक्रान्त भई उद्योग ब्यवसाय हाल चल्नै नसक्ने अवस्थामा पुगेपछि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, नेपाल उद्योग परिसंघका पदाधिकारी, नेपाल चेम्वर अफ कमर्श लगायत बिभिन्न जिल्ला/नगर उद्योग बाणिज्य संघ र वस्तुगत संघका अध्यक्षहरु तथा एशोसिएट सदस्य समेतको सहभागितामा यही चैत्र २ गते महासंघमा बसेको वैठकले "उद्योग ब्यवसाय संकटग्रस्त" भएको घोषणा सहित अत्यधिक लोडसेडिङ्ग शुरुवात भएको दिन देखि सो कायम रहेसम्मको विद्युत डिमाण्ड शुल्क नेपाल बिद्युत प्राधिकरणलाई तिर्न सक्षम नभएकाले उक्त शुल्क नतिर्ने निर्ण्र्ाागर्दै महासंघ सहित महासंघका सवै सदस्य संघ एवं उद्योग व्यवसायमा "उद्योग ब्यवसाय संकटग्रस्त छ - सरकार संवोधन गर १" अंकित कालो ब्यानर राख्ने निर्ण्र्ाागरेको थियो ।

साथै उद्योग संगठन मोरङ्गको अगुवाईमा उद्योग व्यवसाय क्ष्ँेत्रका समस्या समाधानका लागि त्यस क्षेत्रमा विगत २१ दिनदेखि चरणबद्ध आन्दोलन सञ्चालन भई आएको र आमरण अनशन बस्ने कार्यक्रम समेत थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.