»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल-श्रीलंका आर्थिक सम्बन्ध विस्तार वारे छलफल (२०६५/१२/६)


श्रीलंकाका लागि नेपाली राजदूत दुर्गा प्रसाद भट्टर्राई र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी एवं अन्य पदाधिकारीहरु बीच नेपाल र श्रीलंका बीचको औद्योगिक व्यापारिक लगायतको आर्थिक सम्बन्ध विस्तारका विविध पक्ष्ँमा हिजो महासंघको सचिवालयमा आयोजित बैठकमा विस्तृत छलफल भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरज बैद्य, उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकार, सल्लाहकार समितिका सदस्य गोपाल प्रसाद क्षेत्री एवं कार्यकारिणी समितिका सदस्य निरक के.सी. र वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डे समेतको सहभागिता रहेको उक्त बैठकमा महासंघको तर्फबाट श्रीलंकामा मुसुरोको दालको ठूलो माग भएकोले नेपालबाट यसको आयातका लागि प्रोत्साहित गर्न, कोलम्बो-काठमाडौं बीचको हवाई उडान शीघ्र सञ्चालन गरी श्रीलंकाली र श्रीलंकालाई गन्तव्य मानी आएका अन्य मुलुकका पर्यटकहरुलाई समेत नेपाल तर्फ आकषिर्त गर्न तथा श्रीलंकामा नेपालको एकदेशिय व्यापार मेला आयोजना गर्ने व्यवस्थाका साथै स्वतन्त्र व्यापार सम्झौता (FTA) गरी व्यापार विस्तारका लागि पहल गर्नु पर्ने एवं औद्योगिक व्यापारिक तथा आर्थिक सम्भाव्यताको पहिचान गरी समयबद्ध रुपमा कार्यान्वयन गर्नुका साथै सूचना र जानकारी तथा औद्योगिक व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदानलाई तीब्रता दिनु पर्नेमा जोड दिईयो ।

उक्त अवसरमा राजदूत भट्टर्राईले सो कार्यमा आफ्नो तर्फबाट निरन्तर रुपमा सक्दो पहल गर्ने आश्वासन दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.