»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















दीगो आर्थिक विकास तथा गरिवी निवारणमा सहकार्य गर्न नेउवामहासंघ र एसएनभी/नेपाल सहमत (२०६६/१/८)


उद्यमशिलताको प्रवर्द्धन मार्फत नेपालमा दीगो आर्थिक विकास एवं गरिवी निवारणमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेदरल्याण्ड सहयोग संस्था (Netherland Development Organisation - SNV) बीच एक सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

सो सम्बन्धी सहमतीपत्रमा महासंघका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र एसएनभी/नेपालका देशिय निर्देशक ह्यान्स हेज्रा (Hans Heijdra, Country Director) ले हिजो एक कार्यक्रम बीच ललितपुरमा हस्ताक्षर गर्नु भयो । यो सहमती पश्चात निजी क्षेत्रको पहलमा गरिवी निवारणका लागि सम्भावित सहयोग तथा साझेदारीका क्षेत्रको पहिचान मार्फत आगामी कार्यक्रमहरु तय गरिने छ ।

सहमती अनुसार महासंघका सदस्य संघहरुको क्षमता अभिवृद्धीका साथै संघहरुसंग मिलेर विभिन्न कार्यक्रमहरु मार्फत उद्यमशिलता विकास एवं निजी क्षेत्रको सुदृढीकरणमा एसएनभी/नेपालले सहयोग पुर्‍याउन सक्ने छ । एसएनभीले महासंघको कृषि उद्यम केन्द्रसंग मिलेर व्यवसायिक कृषि विकासमा समेत सहयोग पुर्‍याउंदै आएको छ ।

सहमतीपत्रमा हस्ताक्षर पछि महासंघका अध्यक्ष जोशीले महासंघ र नेदरल्याण्ड सहयोग संस्था (एसएनभी) बीच भएको सहमतीबाट निजी क्षेत्रको सदृढीकरण मार्फत उद्यमशीलता विकासमा ठूलो टेवा पुग्ने विश्वास प्रकट गर्नुभयो । अध्यक्ष जोशीले सहमतीलाई ऐतिहासिक भन्दै नेपाल सरकारले ल्याएको स्वरोजगार कार्यक्रम मार्फत शीप हासिल गरेका यूवाहरुलाई तालीम पश्चात आवश्यक श्रोत एवं प्रविधिमा समेत सहयोग हुन सक्ने सम्भावना औल्याउनु भयो ।

उहाँले एसएनभीले नेपालको विभिन्न जिल्लाहरुमा स्थानीय श्रोतहरुको उपयोग मार्फत उद्यमशीलता विकास तथा स्थानीय जनताको जीवनस्तर सुधारमा गरेको प्रयासको सराहना पनि गर्नुभयो ।

दुवै संस्थाबीच भएको सहमतीबाट निजी क्षेत्रको क्षमता अभिवृद्धि मार्फत गरिवी निवारणमा सहयोग पुग्ने र आगामी दिनमा अझ बढी कार्य गर्न सकिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

एसएनभी/नेपालका देशिय निर्देशक ह्यान्स हेज्रा (Hans Heijdra) ले महासंघसंग भएको सहमती निजी क्षेत्रको सुदृढीकरण मार्फत उद्यमशीलताका विकासमा कोशेढुंगा सावित हुने विश्वास प्रकट गर्दै सहमती अनुसार आगामी दिनमा आफ्नो संस्थाले कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

महासंघका उपाध्यक्ष एवं कृषि उद्यम केन्द्रका सभापति कृष्णप्रसाद ताम्राकारले निजी क्षेत्रको विकासका लागि निरन्तर लागि रहेको महासंघ र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंग नजिक रहेर कार्य गर्दै आएको एसएनभी बीचको सहमतीले निजी क्षेत्रको परिचालन मार्फ स्थानीय आर्थिक विकासको साझा लक्ष्य पुरा गर्न निकै सघाउ पुग्ने विश्वास प्रकट गर्नुभयो । कृषि उद्यम केन्द्रस“ग संस्थाले गर्दै आएको सहकार्यबाट स्थानीयस्तरमा व्यावसायिक कृषि विकास तथा नीतिगत पैरवीमा समेत ठूलो सघाउ पुगेको पनि उपाध्यक्ष ताम्राकारले बताउनु भयो ।

एसएनभी काठमाडौं कार्यालयका संयोजक आर्सेली लरेट (Araceli Lioret, Kathmandu Portfolio Coordinator) ले धन्यवाद मन्तव्य दिनु भएको सो कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्यहरु तथा उक्त संस्थाका नेपालस्थित कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.