दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया नेपालस“गको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई मजवुद बनाउंदै नेपालको सार्वजनिक सेवाका क्षेत्रको सुधारमा निजी क्षेत्रसंग मिलेर सहकार्य गर्न उत्सुक देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र नेपालका लागि दिल्लिस्थित कोलम्वियाका राजदुत जुआन अलफ्रेडो पीन्टो साभीद्रा (Juan Alfredo Pinto Saavedra) बीच आज महासंघ सचिवालयमा भएको भेटघाट एवं छलफल कार्यक्रममा सो उत्सुकता देखाइएको हो ।
राजदुत जुआनले नेपालसंग "मेनेजेरियल डिप्लोमेसी" कायम गर्न आफूले चाहेको पनि स्पष्ट पार्नुभयो । सार्वजनिक यातायात, फोहर व्यवस्थापन, शहरी विकास जस्ता सार्वजनिक सेवाहरुमा कोलम्वियाले निकै सफलता पाएको स्पष्ट पार्दै राजदुतले यस्ता क्षेत्रमा दुवै देश बीच सहकार्यको ठूलो सम्भावना रहेको जानकारी गराउनु भयो । उहांले यसका लागि नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ जस्ता संस्थाहरुस“ग नजिकको सम्बन्ध स्थापना कायम गरेर कार्य गर्न इच्छा समेत जनाउनु भयो ।
उहांले नेपाली निजी क्षेत्रलाई दुई देश बीचको आर्थिक सम्बन्ध विस्तारका लागि कोलम्बिया भ्रमणको निम्तो समेत दिंदै त्यसका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्न आफू तयार रहेको वताउनु भयो ।
कफी, खनिजजन्य उद्योग, उर्जा विकासका क्षेत्रमा समृद्ध कोलम्वियाको सेवा क्षेत्रको मात्र कूल गार्हस्थ उत्पादन (जीडीपी)मा करिव ५२ प्रतिशत अंश रहेको छ भने उत्पादनमुलक क्षेत्रको ३५ प्रतिशत र कृषि क्षेत्रको करिव १२ प्रतिशत योगदान रहेको छ । भेटघाटका अवसरमा दुई देश बीचको आपसी आयात निर्यात व्यापारको तथ्यांक अत्यन्त न्यून रहेको अवस्थाप्रति विवेचना गर्दै सम्भाव्य क्षेत्रहरुको पहिचान गरि यसलाई दुवै पक्षको सक्रियतामा तीव्र पार्नु पर्नेमा जोड दिइयो । राजदुत जुआनले नेपालमा हस्ताकला, गलैचा, पर्यटन विकास, व्यवसायिक कृषि विकासमा समेत आपसी सहयोग विस्तार गर्न सकिने र कोलम्वियन लगानीकर्ताहरुलाई आकर्षा गर्न सकिने तर्फजोड दिनु भयो ।
त्यसअघि राजदुत जुआनको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले नया“ राजनीतिक व्यवस्थामा परिवर्तन भएको नेपाल यतिखेर मुलुकको नया“ संविधान निर्माणमा अघि बढीरहेको र नेपालमा लगानीको लागि उपयुक्त वातावरण बन्दै गएकाले कोलम्बियन लगानीकर्ताहरुलाई लगानीका लागि आकर्षा गर्न कुटनीतिक तहबाट सहयोगका लागि आग्रह गर्नुभयो ।
महासंघका कार्यकारिणी समितिका सदस्यहरु, वस्तुगत संघका पदाधिकारीहरुको सहभागिता रहेको सो अवसरमा अध्यक्ष जोशीले नेपाल र कोलम्विया बीच सन् १९८७ मा दौत्य सम्बन्ध सुमधुर रहेपनि आर्थिक तथा व्यवसायिक सम्बन्ध भने सो अनुसार रुपान्तरण हुन नसकेकोप्रति गम्भीरता जनाउंदै सार्वजनिक सेवा, फोहर व्यवस्थापन, उर्जा, कफी, खनिजजन्य उद्योग र वा“सका उत्पादनहरुको विकास तथा प्रवर्द्धनमा निकै अनुभवी कोलम्वियाले वैकल्पीक उर्जा विकास, काठमाडौंमा फोहोरको प्रयोगबाट उर्जा उत्पादन गर्ने महासंघको कार्यक्रममा पनि सहकार्य गर्न सक्ने सम्भावना औल्याउनु भयो ।