नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी समितिको वैठकद्वारा संयम र संतुलित निकासका लागि सम्पूर्ण राजनीतिक दलहरुसंग जोडदार आग्रह (२०६६/१/२१)
देशमा हाल उत्पन्न परिस्थितिको समीक्षा सहित नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी समितिको आज काठमाडौंमा बसेको आकस्मिक वैठकले जनताको बलिदान एवं योगदानबाट प्राप्त राजनीतिक उपलब्धीहरु संस्थागत हुन नपाउंदै जुन किसिमको राजनीतिक अस्थिरता हाल मुलुकमा देखिएको छ, त्यसबाट समुन्नत र समृद्ध नयाँ नेपालको जनआकांक्षामा गम्भिर कुठाराघात भएको निजी क्षेत्रले ठहर गरेको उल्लेख गर्दै यस अवस्थामा महासंघको सो वैठकले सम्पूर्ण राजनीतिक दलहरुमा स्थिर राजनीतिक परिस्थितिका लागि राष्ट्र एवं जनतालाई शीरमा राखी संयम तथा संतुलित निकासका लागि जोडदार आग्रह सहितको निर्णय गरेको छ ।