»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















तत्काल अभियुक्त पक्राउ गरी चोरीका धन सम्पत्ति मृतक परिवारलाई उपलब्ध गराउन महासंघद्वारा जोडदार आग्रह (२०६६/२/१४)


देशमा शान्ति सुरक्षाको स्थिति अझै मजबूत हुन नसकेका कारण उद्योग व्यवसाय एवं उद्योगी व्यवसायीहरु अझ विशेष गरी सुन चांदी व्यवसायी माथि हुने गरेको लुटपाट, चोरी, डकैटी, अपहरण, चन्दा, हत्या जस्ता अपराधिक घटनाहरु निरन्तर रुपमा घट्न गएका छन् । यसै क्रममा नेपाल सुनचांदी व्यवसायी संघ, रुपन्देही शाखाका सदस्य बाबुलाल विश्वकर्माको वि.पि.चोक, बुटवल स्थित श्री रेसुङ्गा सुनचांदी पसलबाट यही जेठ ५ गते राती करिव ७० लाख रुपैया बराबरको नगद एवं गरगहना चोरी भएको र चोरीका अभियुक्त एवं चोरी भएको नगद तथा गरगहना पत्ता लाग्न नसक्दा सो आघात सहन नसकी पिडित विश्वकर्माले आम्महत्यासम्म गर्नु परेकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भिर एवं चिन्तित भएको छ ।

चोरीको उक्त घटनाबारे समयमानै स्थानीय सुरक्षा निकायले गम्भिरता एवं सकृयता नअपनाएका कारण पनि दोषि पत्ता लाग्न नसक्दा यस्ता अपराधिक गतिविधि बढ्दै गएका र त्यसको विरोधमा आज सम्पूर्ण बुटवल बजार बन्दसम्म हुन पुगेको छ ।

देशमा आर्थिक गतिविधि विस्तारका साथै रोजगारी तथा राजश्वमा समेत योगदान पुर्‍याउने प्रमुख क्षेत्र उद्योग व्यापार व्यवसाय र यससंंग सम्बन्धित उद्योगी व्यवसायी वा कुनै पनि नागरिकको जनधनको सुरक्षा हुन नसक्दा आत्महत्याको परिस्थितिसम्म पुर्‍याउने हृदयविदारक स्थिति बन्न पुग्नु यो पहिलो घटना अवश्य होइन ।

तर्सथ, उक्त अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कडा कानूनी कारवाही गर्नुका साथै चोरी भएको नगद तथा गरगहना मृतक विश्वकर्माका परिवारलाई श्रि्र दिलाउने व्यवस्थाकाका साथै यस प्रकारका घटना पुनः दोहोरिन नदिन महासंघ नेपाल सरकार एवं सम्बन्धित सुरक्षा निकायसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.