»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एशिया प्रसान्त उद्योग वाणिज्य महासंघको सम्मेलनमा भाग लिन नेउवामहासंघका उपाध्यक्ष राजकणिर्कारको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जापान तर्फ (२०६६-२-१४)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारको नेतृत्वमा एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asian-Pacific Chambers of Commerce & Industry -CACCI) को जापानको योकोहामा (Yokohama) मा हुने २३ औं सम्मेलन (23rd CACCI Conference) मा १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले भाग लिदै छ ।

द जापान उद्योग वाणिज्य संघ (The Japan Chamber of Commerce & Industry) को सहयोगमा द योकोहामा उद्योग वाणिज्य संघ (The Yokohama Chamber of Commerce & Industry) द्वारा यही जेठ १७ र १८ गते आयोजित उक्त सम्मेलनको एशिया प्रशान्त उद्योग वाणिज्य महासंघका अध्यक्ष हार्वे चाङ्ग (Harvey Chang) ले उद्घाटन गर्नु हुने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी मकाजु, निवर्तमान अध्यक्ष दिपक श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदार आचार्य, तनहुं उद्योग वाणिज्य संघ अध्यक्ष शंकरलाल राजभण्डारी, वाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष धु्रवराज गौतम, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सूय प्रसाद मराशिनी र लम्जुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ र भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष कृष्ण प्रसाद अवाल, कार्यकारिणी समिति सदस्य शिव प्रसाद मानन्धर र साधारण सदस्य अम्मर मानन्धर एवं पोखरा उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक हरि प्रसाद पाठक हुनु हुन्छ ।

आर्थिक समस्या र व्यवसाय वृद्धि, आर्थिक मन्दिका दौरानमा साना तथा मझौला उद्योगको विस्तारका चुनौति एवं वैकल्पिक उर्जा श्रोत मार्फ व्यवसाय विकास विषयमा उक्त सम्मेलनमा हुने छुट्टा छुट्टै सत्रमा एशिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकका प्रतिनिधिमण्डल वीच व्यापक छलफल हुनेछ ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले उपरोक्त विषयमा नेपाली निजी क्षेत्रको तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्नु हुने कार्यक्रम छ ।

साथै नेपाली प्रतिनिधिमण्डलले जापान भ्रमणको क्रममा नेपाल र जापान वीचको व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका लागि जापान स्थित विभिन्न औद्योगिक व्यवासयिक संघ/संस्थाका पदाधिकारीहरुसंग भेटघाट गरी आवश्यक पहल समेत गर्नेछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.