»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















टर्कीको इस्तानवुलमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिन महासंघका अध्यक्ष जोशीको नेतृत्वमा व्यवसायिक प्रतिनिधिमण्डल त्यसतर्फप्रस्थान (२०६६/२/१६)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा आठ सदस्यीय नेपाली व्यवसायिक प्रतिनिधिमण्डल टर्की सरकारको वैदेशिक व्यापार मन्त्रालयको सहयोग तथा टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen and Industralists of Turkey - TUSKON) को आयोजनामा यही जेठ १८ देखि २४ (June 1-7, 2009) सम्म टर्कीको इस्तानवुलमा आयोजना हुने Turkey - World Trade Bridge 2009 विषयक अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन आज त्यसतर्फप्रस्थान गर्‍यो ।

विश्व आर्थिक मन्दीबाट विश्व अर्थतन्त्रमा पर्न गएको गम्भीर असरका सम्बन्धमा वृहद छलफल मार्फत नयाँ व्यवसायिक अवसरहरुको समिक्षा गरि विश्व व्यापार बढाउने मुख्य उद्देश्यले आयोजना गरिन लागिएको सो सम्मेलनमा उत्तर तथा दक्षिण अमेरिकी राष्ट्र, अफ्रिका, यूरोप, यूरोशिया, मध्यपूर्व तथा एशिया प्रशान्त क्षेत्रका १ सय ५० राष्ट्रहरुका सरकारी उच्च पदस्थ पदाधिकारी, उद्योग वाणिज्य संघ/महासंघका अध्यक्षहरु, पत्रकारहरु, तथा करिव २ हजार भन्दा बढी प्रशिद्ध कम्पनीका प्रमुखहरुको प्रत्यक्ष सहभागिता रहने छ ।

आर्थिक मन्दीबाट विश्वका सबै राष्ट्रहरु आक्रान्त भैरहेको सन्दर्भमा आयोजना हुन लागेको सो सम्मेलन आर्थिक तथा व्यवसायिक सम्वन्ध विस्तार, राष्ट्र राष्ट्र बीचको लगानी आकर्षण, अनुभव आदान प्रदानमा समेत निकै महत्वपूर्ण हुने छ । राजनीतिक रुपमा भर्खर मात्र एउटा मार्गतर्फअगाडी बढी आर्थिक विकासका लागि प्रयासरत रहेको हाम्रो जस्तो मुलुकको लागि यो सम्मेलन कोशेढुंगा हुने आशा गरिएको छ ।

महासंघका अध्यक्ष जोशीले नेपालको आर्थिक विकासको यथार्थ अवस्था र राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रले खेलेको भूमिका र नेपालका आर्थिक चुनौतीहरुलाई समेटेर सो सम्मेलनलाई सम्वोधन गर्नुहुने कार्यक्रम छ । विश्वका प्रतिष्ठित व्यक्तित्वहरुको प्रत्यक्ष सहभागिता रहने सो अन्तराष्ट्रिय सम्मेलनमा अध्यक्ष जोशीले नेपाल र र्टर्की बीचका हालका दिनहरुमा विकसित आर्थिक सम्बन्ध र त्यस बीचमा दुवै देशका प्रतिनिधिमुलक संस्था बीच भएको सहकार्यको सम्झौताले आर्थिक, व्यवसायिक, लगानी, प्रविधि आदान प्रदानका विषयमा संयुक्त रुपमा अगाडी बढ्न ठूलो सहयोग पुर्‍याउने धारणा राख्नु हुने छ ।

अध्यक्ष जोशीले नेपालमा लगानीको सम्भव्यता तथा आर्थिक विकासमा निकै तीव्र गतिमा अगाडी वढिरहेका विशाल छिमेकी मुलुकहरु भारत तथा चीनको बीचमा रहेको नेपालमा उत्पादित वस्तुहरुको ती देशहरुमा ठूलो वजार सम्भाव्यता रहेकोले नेपालमा लगानी गरि सहयोग गर्न विश्व समुदायलाई आग्रह समेत गर्नु हुनेछ ।

नेपाल-टर्की उद्योग वाणिज्य संघको समन्वयमा गएको उक्त प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एवं नेपाल-टर्की उवासंघका अध्यक्ष अखिलकुमार चापागाई, महासंघको कार्यकारिणी समितिका सदस्य सकुन्तलाल हिराचन, पूर्व कार्यकारिणी समिति सदस्य उद्धव पौडेल, व्यवसायीहरु विजयसिंह वैद, गौतमकुमार श्रेष्ठ, पवनकुमार अग्रवाल, र आनन्दकुमार वैद हुनुहुन्छ ।

सो सम्मेलनमा नेपाली सहभागिताबाट वैदेशिक लगानी, प्रविधि तथा अनुभव समेतको आकर्षाका लागि निकै प्रतिक्षारत रहेको नेपालको लागि सम्मेलन निकै उपलव्धीमुलक हुने विश्वास गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.