एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia-Pacific Chambers of Commerce & Industry (CACCI)) को २३ औं सम्मेलन (23rd CACCI Confederation) योकोहामा घोषणा पत्र (Yokohama Declaration) जारी गर्दै जापानको योकोहामामा सम्पन्न भएको छ ।
द जापान उद्योग वाणिज्य संघ (The Japan Chamber of Commerce & Industry) को सहयोगमा द योकोहामा उद्योग वाणिज्य संघ (The Yokohama Chamber of Commerce & Industry) द्वारा यही जेठ १७ र १८ गते आयोजित उक्त सम्मेलनले क्षेत्रीय उद्योग वाणिज्य संघहरुको विस्तार र व्यवसायिक अभिवृद्धिको लागि द एशिया प्रशान्त युवा उद्यमी परिषद् तथा महिला उद्यमी परिषद्को विकास विस्तार गर्ने लक्ष्य लिएको छ ।
उक्त सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका तर्फाट १३ सदस्यीय नेपाली औद्योगिक व्यवसायिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले एशियाली विकास वैंकले नेपाल जस्ता विकासोन्मुख मुलुकलाई विश्व आर्थिक मन्दिको प्रभावबाट जोगाउन विशेष लगानी गर्नुपर्नेमा जोड दिनु भयो ।
यसै वीच महासंघका उपाध्यक्ष राजकणिर्कार लगायत नेपाली औद्योगिक व्यवसायिक प्रतिनिधिमण्डललाई जापानको टोकियोमा गैर आवासीय नेपालीहरु ९ल्च्ल्क० को संस्था टोकियोका अध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीहरु एवं नेवाः जागरण मञ्च जापानका अध्यक्ष सुनिल कुमार शाक्य लगायतले स्वागत गर्नु भएको थियो ।
सो प्रतिनिधिमण्डल र जापान स्थित नेपाली संस्थाका प्रतिनिधिहरु वीच अन्तरक्रिया समेत आयोजना गरियो । अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ र समसामयीक राजनीतिले नेपालको अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा छलफल भएको थियो ।