»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















स्थानीय आर्थिक विकासमा प्रभावकारिता ल्याउन उवासंघहरुको सहभागिता आवश्यक (२०६६/२/२५)


देशका ७५ जिल्लामा हालसम्म ९२ वटा जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य संघहरु स्थापना भई नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको हैसियतले उद्येग वाणिज्य व्यवसाय लगायतको आर्थिक सामाजिक विकासमा समर्पित भई आएका छन् । तापनि कतिपय जिल्लाका संघहरुको आर्थिक अवस्था कमजोर एवं क्षमता अभिवृद्धिको अवसरको कमिले प्रभावकारी रुपमा भूमिका निर्वाह गर्न नसक्दा स्थानीय आर्थिक-सामाजिक विकासमा अपेक्षित मात्रामा योगदान पुर्ΕΎयाउन सकेका छैनन् । यस क्रममा संघहरुलाई सक्षम बनाउन संघ मार्फत रोजगारी तथा विकास निर्माण र उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम संचालन गर्राई निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघहरुको समाज प्रतिको संस्थागत सामाजिक दायित्वलाई प्रभावकारी बनाउदै लैजानु पर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा महासंघको सचिवालयमा आयोजित संस्थागत विकास र सचिवालय व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठिमा सहभागि एवं टीकापुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज रावलको नेतृत्वमा जिटिजेड/सेक्वा/पिएसपीको समन्वयमा विभिन्न जिल्ल्ााका उवासंघहरुको भ्रमणको क्रममा महासंघमा आएको सो संघका अन्य पदाधिकारी, सल्लाहकार एवं सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले उक्त कुरामा जोड दिएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यले उक्त गोष्ठिको शुभारम्भ एवं प्रतिनिधिमण्डलको स्वागत गर्दै देशमा राजनीतिक अस्थिरता, अशान्ति र असुरक्षा, बन्द, हड्ताल तथा चक्काजाम जस्ता प्रतिकूल औद्योगिक व्यवसायिक गतिविधि बढ्दै गई विकासको गतिमा समेत अवरोध सृजना हुदै गएकाले निजी क्षेत्रका सम्पूर्ण समस्यालाई समेटेर लैजान महासंघले सदस्यहरुको स्पष्ट सुझावको अपेक्षा गरेको उल्लेख गर्नु हुदै महासंघले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन सचिवालय सुदृढिकरण प्रक्रियालाई समेत अघि बढाएको बताउनु भयो ।

साथै उहांले राजनीतिक दलहरुको आफु सम्बद्ध छुट्टा छुट्टै औद्योगिक व्यवसायिक संघ/संस्था खोल्दा स्वच्छ औद्योगिक व्यवसायिक विकासका लागि लाभदायक नभएकोले यसतर्फगम्भिर भएर सोच्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

यसैगरी उहांले विगत वर्षसुदुरपश्चिमाञ्चल क्षेत्रमा आएको बाढीबाट पीडितहरुको उद्दारका लागि थप सहयोग प्रदान गर्नुका साथै टीकापुरबाट राजमार्ग जोड्ने १४ कि.मी. पक्कि सडक तथा सेती लोक मार्ग निर्माण एवं संघको संस्थागत एवं क्षमता विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले महासंघको "एक गाउं एक उत्पादन" कार्यक्रम अनुरुप केरा उत्पादनलाई "ब्राण्ड" को रुपमा विकास गर्न सके टीकापुरको आर्थिक-सामाजिक समृद्धिमा ठूलो सघाउ पुग्ने उल्लेख गर्नु हुदै आर्थिक र सामाजिक विकासबाट मात्र राजनीतिक स्थायित्व हुन सक्नेमा जोड दिनु भयो ।

साथै उहांले जिल्लाका उद्योग वाणिज्य संघहरुले संस्थागत विकास, सचिवालयको सुदृढिकरण, आय श्रोतको व्यवस्था सदस्यहरुको हक हितको पर््रवर्द्धन र सर्ंबर्द्धनका साथै आवश्यकतानुसारको सेवा प्रवाह, स्थानीय आर्थिक विकासमा सक्रियता र सहकार्यलाई प्राथमिकता साथ अघि बढाउनु पर्ने सल्लाह पनि दिनु भयो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधि नहुने क्षेत्रमा मात्र लगानी आकषिर्त भई उद्योग व्यवसाय लगायतका आर्थिक क्रियाकलाप विस्तार हुने र यसबाट रोजगारी सृजना एवं गरिवी निवारणमा सघाउ पुग्ने भई शान्ति र स्थिरता आउनमा योगदान पुग्ने हुदा उद्योग व्यवसाय प्रतिकूल गतिविधिको अन्त गर्नुपर्नेमा जोड दिनु भयो ।

महासंघको महिला उद्यमी विकास समितिका सभापति भवानी राणा, घरेलु तथा साना उद्योग समितिका सभापति डि.वी. वस्नेत र सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापाले संघहरुको संस्थागत विकास तथा सचिवालय व्यवस्थापन सम्बन्धमा आ आफ्नो धारणा व्यक्त गर्नु भएको उक्त कार्यक्रममा टीकापुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष रावलले संघले आफ्नो स्थापनाको एक दशकमानै सक्रिय रुपमा कार्य गर्दै आएको र गत वर्षमात्र टीकापुर महोत्सव एवं योग शिविर भव्यताका साथ सम्पन्न गरेको, हालै साना व्यवसायी एवं स्वरोजगार सम्बन्धी अभिमुखीकरण तालीम झण्डै ४,००० जनालाई दिएको उल्लेख गर्नु हुदै टीकापुरको १४ कि.मी. सडक पक्कि गर्न र सेती लोक मार्ग निर्माणका साथै औद्योगिक व्यवसायिक वातावरण निर्माणका लागि महासंघबाट पहल हुन आग्रह गर्नु भयो ।

महासंघको लुम्बिनी विकास फोरमका संयोजक गुणनीधि तिवारी समेतको उपस्थिति रहेको सो कार्यक्रममा महासंघका महानिर्देशक मेघनाथ न्यौपाने र वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डेले उक्त विषयमा आ आफ्नो प्रस्तुतीकरण गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.