»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कैलाली उवासंघको प्रतिनिधिमण्डल महासंघमा सुदूरपश्चिमाञ्चलको आर्थिक विकासका लागि कैलाली उवासंघको प्रतिवद्धता (२०६६/२/२६)


सुदूरपश्चिमाञ्चलबाट अभाव तथा पछौटेपनको अन्त्यगरि समृद्ध र समुन्नत क्षेत्रको रुपमा विकास गर्न उद्योग वाणिज्य संघहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र सो कार्यमा कैलाली उद्योग वाणिज्य संघ विशेष कार्यक्रम सहित अघि बढ्ने तयारीमा रहेको छ । प्राकृतिक श्रोत तथा साधनबाट सम्पन्न रहंदारहदै पनि सिंगो सुदरपश्चिमाञ्चल क्षेत्र विकासको गतिमा अन्य क्षेत्रको तुलनामा पछाडी पर्नुमा यस क्षेत्रको विकासका लागि विशेष नीति तथा कार्यक्रमको अभावनै प्रमुख रहेको ठम्याई संघको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार, महासंघका विभिन्न समितिका सभापतिहरु र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीको नेतृत्वमा विभिन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा महासंघको सचिवालयमा आएको संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डल बीच त्यसक्षेत्रको समग्र वस्तुस्थितिका विषयमा हिजो भएको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिमाञ्चलको विकासका लागि विशेष कार्यक्रम सहित अगाडी बढ्ने योजना संघको रहेको अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो ।

आर्थिक उन्नतीको मुख्य आधार पर्याप्त पूर्वाधार, शान्ति सुरक्षाको सुनिश्चितता, स्थानीय तहमा उपलव्ध हुने श्रोत साधनलाई ध्यानमा राखी तयार गरिएका योजना तथा कार्यक्रम नहु“दा समग्र विकासमा सुदूरपश्चिमाञ्चल पछाडी परेको स्पष्ट पार्दै अध्यक्ष भण्डारीले भन्नुभयो-हामी सुदूरपश्चिमाञ्चलको विकासको खाका कोर्ने योजनामा छौं ।

संघले छिट्टैनै राजनीतिक दल, स्थानीय तहमा कार्यरत सरकारी तथा गैर सरकारी संघ/संस्थाहरु, उद्योगी व्यवसायीहरु एवं नागरिक समाजका प्रतिनिधिहरु समेतको सहभागितामा वृहद कार्यक्रम आयोजना गरि प्राप्त सुझाव तथा प्रतिवद्धताको आधारमा सुदूरपश्चिमाञ्चलको विकासका लागि महत्वपूर्ण दस्तावेज तयार गरि त्यसैको आधारमा अगाडी बढ्ने तयारीमा रहेको उहा“ले जानकारी गराउनु भयो ।

सुदूरपश्चिमाञ्चलमा रहेको एकमात्र विमानस्थल गेटा विमानस्थलको स्तरोन्नती एवं यसलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने अभियानमा संघले कार्य गर्दै आएको, मेला महोत्सबका माध्यमबाट स्थानीय तहमा उद्यमशीलताको प्रवर्द्धन गर्ने, स्थानीय उत्पादनलाई बजार प्रवर्द्धन गर्ने मुख्य लक्ष्य सहित सुदूरपश्चिमाञ्चल महोत्सवलाई अभियानकै रुपमा अघि बढाएको, सुदूरपश्चिमाञ्चललाई बन्द हड्ताल मुक्त क्षेत्रको रुपमा चिनाउन राजनीतिक दलहरुसंग व्यापक छलफल गरि उनीहरुको सहयोग लिने प्रयास गरिएको उहाँ ले बताउनु भयो ।

अध्यक्ष भण्डारीले संघको आयश्रोत बर्ढाई स्थानीय विकास निर्माणमा संघको योगदान बढाउन संघले "एक पैसे" अभियानलाई शुभारम्भ गरेको, व्यवसायिक कृषि विकासका लागि पहल भएको, जडीवूटीका लागि उर्वर क्षेत्र भएकाले जडीवूटी विकास तथा यसस“ग सम्वन्धित उद्योग स्थापना गर्न सम्भाव्यताका लागि पतञ्जली योगपिठ भारतसंग वारम्वार छलफल भैरहेको, पर्यटन विकास सुदूरपश्चिमाञ्चलको आधार भन्ने मुख्य नारासहित पर्यटन विकासमा कार्यहरु भैरहेको जानकारी गराउ“दै संघले अघि सारेका कार्यक्रम तथा योजनालाई सफल पार्न महासंघबाट सहयोगका लागि आग्रह गर्नुभयो ।

जीटीजेडको सहयोगमा विभिन्न उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन गरि प्राप्त उपलव्धीहरुलाई आफनो संस्थामा लागू गर्ने उद्देश्यले अध्ययन भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलको स्वागतका क्रममा महासंघका उपाध्यक्ष राजकणिर्कारले स्थानीय तथा राष्ट्रिय महत्वका विषयमा संघले विगतमा खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्नुहुंदै संघले संस्थागत विकासमा प्राप्त गरेको अनुभव अन्य संघहरुको लागि पनि अनुकरणीय रहेको बताउनु भयो ।

उपाध्यक्ष राजकणिर्कारले आर्थिक उपलव्धी विना राजनीतिक उपलव्धी संस्थागत हुन नसक्ने र नयाँ नेपालको निर्माण हुन नसक्ने उल्लेख गर्नुहु“दै आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सारेका कार्यक्रमलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिनु भयो । साथै उहांले निजी क्षेत्रमाथि सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तनको खा“चो रहेकोमा जोड दिनुहुंदै कैलाली उवासंघले अघि सारेका कार्यक्रमलाई महासंघले आफ्नो तर्फाट सक्दो सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो ।

सो अवसरमा महासंघका समिति सभापतिहरु एजी शेर्पा, भवानी राणा, डीवी वस्नेत र लोकविक्रम थापाले मेला महोत्सव, महिला उद्यमी विकास, घरेलु तथा लघु उद्यम तथा सामाजिक सेवाका क्षेत्रमा संघले ल्याउने कार्यक्रममा आ-आफनो क्षेत्रबाट अहिलेसम्मको अनुभवका आधारमा सहयोग गर्ने विश्वास दिलाउंदै अध्ययन भ्रमणबाट सिकेका अनुभवहरुलाई संघको संस्थागत विकासमा कार्यान्वयन गर्न सुझाव दिनु भयो ।

महासंघको बैंक, विमा तथा वित्तिय समितिका सभापति पशुपति मुरारकाको समेत उपस्थिति रहेको सो कार्यक्रममा महानिर्देशक मेघनाथ न्यौपाने र कृषि उद्यम केन्द्रका कार्यकारि निर्देशक डा. देवभक्त शाक्यले महासंघ र कृषि उद्यम केन्द्रका वारेमा आआफनो तर्फबाट प्रतिनिधिमण्डललाई जानकारी गराउनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.