»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगी व्यवसायीको सुरक्षामा सरकार मुकदर्शक बनेकोमा महासंघका अध्यक्ष जोशीद्वारा चिन्ता व्यक्त (२०६६/२/३१)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारको मुख ताक्नु भन्दा व्यवसायी एक भएर केही गर्न सके मात्र नयाँ नेपाल निर्माण हुनेमा जोड दिनु हुदै वर्तमान सरकार उद्योगी व्यवायीको सुरक्षामा मुकदर्शक बनेकोमा चिन्ता व्यक्त गर्नुका साथै ठूला राजनैतिक दलहरु राजनीतिक खिचातानीमा मात्र लागेको हुंदा उद्योग व्यवसाय लगायत आर्थिक क्षेत्रका समस्या बढेर गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

स्याङजा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ इकाई कार्यालयको हिजो स्याङजामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहांले सो कुरा बताउनु भएको हो ।

साथै अध्यक्ष जोशीले सरकारले संचालन गर्ने हरेक विकास निर्माणका कार्यहरु निजी क्षेत्रको सहभागिता विना असंभव र असफल हुने बताउनु भयो ।

अध्यक्ष जोशीले ठूला दलहरु एक भएर अगाडी बढे मात्रै राष्ट्रिय सहमति बन्ने कुरामा जोड दिदै राजनीतिक दलहरुको मेलमिलाप नै नेपाल र नेपाली जित हो भन्नुभयो ।

उहांले कफि खेतीको प्रशस्त संभावना रहेको स्याङजा जिल्लालाई महासंघले एक गाउँ एक उत्पादनको अवधारणा अनुरुप अगाडी बढाउने कार्यक्रम रहेको समेत जानकारी दिनु भयो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुदै महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय बन्द गर्दा राजनीतिक दलहरुले होडवाजी गर्नुका साथै आफुलाई ठूलो सोच्ने प्रवृत्तिको अन्त्य नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने बताउनु भयो । साथै उहांले उद्योग व्यवसाय बन्द गर्ने दलका विरुद्ध देशभरका उद्योगी/ व्यवसायीलाई प्रतिकारमा उत्रन बाध्य नबनाउन समेत दलहरुलाई आग्रह गर्नुभयो ।

महासंघको आपूर्ति समितिका सभापति चन्द्रकृष्ण कर्माचार्य, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्साल, एकीकृत नेकपा माओवादीका हरिप्रसाद भट्टराई, नेपाली कांग्रेसका देवि प्रसाद भट्टराई एवं नेकपा एमालेका मुक्ति पाठकले देशमा बढ्दै गएको दण्डहिनताले आम नागरिक असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठी, वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद अर्याल, गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद बस्न्यात एवं लालगोपाल अर्याल लगायतका वक्ताले उक्त इकाईको गठनबाट स्थानीय स्तरमा देखिएका औद्योगिक व्यवसायिक समस्याको समाधान गर्न सहज हुने विश्वास उक्त अवसरमा व्यक्त गर्नु भयो ।

सो कार्यक्रम उद्योग वाणिज्य संघ गल्याङ बजार इकाई समितिका अध्यक्ष र्सूय प्रसाद चापागाईको सभापतित्वमा भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.