»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शान्ति सुरक्षा बहालीका साथै अपराधिलाई कडा कार्वाही गर्न नागरिक-व्यवसायी संजालद्वारा आग्रह (२०६६/३/११)


"शान्ति र सुरक्षा" आम नागरिकको चाहना मात्र नभई अनिवार्य आवश्यकता हो । आम नागरिक एवं समस्त उद्योगी व्यवसायी, नागरिक समाज, मानव अधिकारवादी संघ/संस्था एवं व्यवासयिक संघ/संस्थाहरु समेतले सो बिषयलाई वारम्वार उर्ठाई आएका छन् । तर मुलुकमा अहिले पनि शान्ति, सुरक्षाको स्थिति त्यतिनै जटिल भएको स्थितिमा शान्ति बहालीको सर्न्दर्भमा निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न संस्थाहरुबाट के कस्तो पहल गर्न सकिन्छ सो सम्बन्धमा छलफल गर्ने उद्देश्यले महासंघका अध्यक्ष्ँ कुशकुमार जोशीको सभापतित्वमा आज महासंघको सचिवालयमा बसेको महासंघका पदाधिकारी एवं उद्योगी व्यवसायी, मानव अधिकारवादी तथा पेशागत संघ/संस्थाका पदाधिकारी एवं प्रतिनिधि र नागरिकहरुको बैठकले देशमा शान्ति सुरक्षा बहालीका साथै अपराधिलाई कडा कार्वाही गर्न सरकारसंग जोडदार माग गरेको छ ।

साथै उक्त बैठकले दण्ड हिनताको अन्त्य र कानूनी शासनका लागि सम्पूर्ण नागरिक समाज तथा निजी क्षेत्रका पेशाकर्मी र व्यवसायीहरुको संजाल "नागरिक-व्यवसायी संजाल" को तर्फबाट महासंघमा भोली विहान १०:४५ बजे पत्रकार सम्मेलन गर्नुका साथै शान्ति सुरक्षा लगायतका महत्वपूर्ण बिषयहरुलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री समक्ष ज्ञापन पत्र दिने समेत तय गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.