»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग वाणिज्य संघ-बुटवलको प्रतिनिधिमण्डल महासंघमा - बुटवललाई कृषिजन्य उद्योग व्यवसाय केन्द्रका रुपमा विकास गर्न विशेष कार्यक्रमको माग (२०६६/३/१२)


फलफूल, तरकारी लगायत विभिन्न प्रकारका कृषि तथा नगदे वाली, पुष्प व्यवसाय, पशु पंक्षी पालन एवं दुग्ध उत्पादनका लागि रुपन्देही-बुटवल ठूलो सम्भाव्यता र उपयुक्त रहेकोले यसको विकासका लागि विशेष नीति एवं कार्यक्रम ल्याउनु पर्ने, बाख्रा पालन तथा धुप उत्पादनलाई त्यस क्षेत्रमा "एक गाउँ एक उत्पादन"को रुपमा विकास गर्न सकिने, पुष्प उत्पादनका लागि नमूनाको रुपमा औद्योगिक क्षेत्र स्थापना गर्नु पर्ने, राप्ती र लुम्बिनी अञ्चललाई समेत समेटि जडिबुटी तथा कृषि विकास एवं बजार प्रबर्द्धन गर्नु पर्ने, युवा स्वरोजगार तथा साना व्यवसायी विकास कार्यक्रमलाई परिमार्जन सहित अझ प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने र स्थानीय फलफूल एवं तरकारी सम्बन्धी थोक समितिलाई उद्योग वाणिज्य संघ बुटवल समेतको सक्रिय सहभागितामा अघि बढाउनु पर्नेमा बुटवलका उद्योगी व्यवसायीहरुले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीसंग आज महासंघमा भएको भेटघाट एवं छलफलमा उद्योग वाणिज्य संघ-बुटवलका अध्यक्ष शंकर श्रेष्ठको नेतृत्वमा विभिन्न जिल्लाका उवासंघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा महासंघमा आएको सो संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।

संघका अध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता श्रेष्ठले सो अवसरमा पश्चिम नेपालको सबैभन्दा बढी राजश्व बुझाउने जिल्ला रुपन्देही भए पनि सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएकोले स्थानीय सुरक्षा निकायलाई स्तरोन्नति गर्नु पर्ने, सीमा क्षेत्रमा हुने अवैध व्यापार रोक्न भन्सारमा "ग्रिन च्यानल" र "रेड च्यानल" को व्यवस्था गर्नु पर्ने, विदा वा बन्द हडतालका कारण सामान नछुट्दा भन्सारमा लिइने "डिम्यूरेज चार्ज" लिन नहुने, भ्याट सम्बन्धी व्यवहारिक कठिनाई हटाउनु पर्ने, बुटवल-पाल्पा सडक तत्काल निर्माण गर्नु पर्ने, विद्युतमा हुने "लो भोल्टेज" हर्टाई नियमित आपूर्तिको व्यवस्था हुनु पर्ने, स्थानीय कर तिरेपछि घर भाडा कर लिन नहुने र तिनाउ नदीले कटान गरेको जग्गालाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

महासंघका अध्यक्ष जोशीले शान्ति सुरक्षाको प्रत्याभूति लगायत बन्द हडताल चक्काचाम, चन्दा आतंक जस्ता गतिविधि तत्काल बन्द गरी दण्ड हिनताको अन्त्य र कानूनी शासनका साथै औद्योगिक व्यवसायिक एवं पेशागत वातावरण निर्माणका लागि "नागरिक पेशागत व्यवसायी संजाल" मार्फत जोडदार पहल भएको उल्लेख गर्नु हुंदै क्षेत्रगत रुपमा समेत नागरिक पेशागत व्यवसायी संजालको अवधारणा सम्बन्धमा छलफल गरिने अवगत गराउनु भयो ।

अध्यक्ष जोशीले पूर्वदेखि पश्चिमसम्मका तरकारी एवं फलफूलको बजार व्यवस्थापन, युवा स्वरोजगार अभिमूखिकरण तालीम लिएकालाई जिटिजेडसंग मिलेर सामूदायिक रुपमा उद्यमशीलता विकास गर्ने प्रयास भई रहेको, खुला सिमाना निरुत्साहित गर्न भन्सार दरवन्दी घटाउन र भ्याटलाई बहूदर प्रणालीमा लान, बुटवल-पाल्पा सडक व्यवस्थित रुपमा निर्माण तथा विद्युत आपूर्ति नियमितका साथै श्रम विवाद समाधानका लागि आवश्यक पहल भई रहेको उल्लेख गर्नु भयो ।

महासंघको घरेलु तथा साना उद्योग विकास समितिका सभापति डि.बी. बस्नेत, महासंघका महानिर्देशक मेघनाथ न्यौपाने एवं वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डे तथा कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक डा. देवभक्त शाक्यले महासंघबाट व्यवसाय विकासमा भएका प्रयास वारे प्रकाश पार्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.