»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका निवर्तमान अध्यक्ष ढकालद्वारा - राजनीतिक अन्यौलता सहित उद्योग व्यवसाय गर्ने वातावरण बनाउन माग


नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम हालै दमक झापामा सम्पन्न भयो ।

सो कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि ढकालले विद्यमान राजनीतिक अन्यौलताबाट उद्योग व्यवसाय क्षेत्र नराम्ररी प्रभावित भएकोले राजनीतिक अन्यौलता अन्त्य सहित उद्योग व्यवसाय गर्ने वातावरण निर्माणका लागि राजनीतिक दलहरु गम्भीर हुनु पर्ने बताउनु भयो ।

व्यवसायिक सुरक्षा विना अर्थतन्त्र सवल र सक्षम बन्न नसक्ने तर्क राख्नुहुदै निवर्तमान अध्यक्ष ढकालले उद्योग व्यवसाय निर्धक्क संचालन गर्ने वातावरण बनाउन सरकार तथा राजनीतिक दलहरुसंग आग्रह समेत गर्नुभयो । विभिन्न समूहरुलाई अहिले पनि चन्दा दिन व्यवसायिक जगत वाध्य भएको र शान्ति सुरक्षा फितलो भैदिंदा व्यवसायीहरु पलायन हुने क्रम समेत बढेको बताउनु भयो ।

बन्द सदाका लागि बन्द गर्न आग्रह गर्नुहुदै उहांले नयां नेपाल निर्माण गर्ने हो भने कानूनी व्यवस्थालाई कर्डाईका साथ लागू गर्नुपर्ने सुझाव समेत दिनु भयो । कार्यक्रमका अतिथि एवं महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले वर्तमानमा द्वन्द निरुपण भएपनि व्यवसायीले ढुक्क भएर व्यवसाय गर्ने वातावरण नपाएको गुनासो गर्नुभयो । उद्यमी व्यवसायीहरुको हकहितका लागि जस्तो सुकै परिस्थितिको सामना गर्न निजी क्षेत्र पछि नहट्ने दृढता जनाउंनु हुंदै उपाध्यक्ष राजकणिर्कारले निजी क्षेत्रका आवाजलाई सरकारले उचित सम्वोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहांले तीव्र आर्थिक विकासका लागि शान्ति सुरक्षाको भरपर्दो व्यवस्था, दण्डहिनताको अन्त्य सहित बन्द हड्ताल जस्ता विकृत संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रकाश प्रर्साईले बन्द हड्ताल जस्ता गतिविधिहरुबाट उद्योग व्यवसाय क्षेत्रले ठूलो मूल्य चुकाउनु परेकाले विरोधका यस्तो शैलीबाट दमक क्षेत्रलाई मुक्त राख्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै पदस्थापन कार्यक्रममा शुभ-कामना दिने अधिकांश राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बन्द निषेधित क्षेत्र बनाउने कुरामा सहमती रहेको जनाएका थिए ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशवराज पाण्डे, संघका संस्थापक अध्यक्ष पर्शुराम पाठक, पूर्व अध्यक्ष गोविन्द बहादुर बस्नेत, कानूनी सल्लाहकार जयबहादुर श्रेष्ठ, कार्यकारिणी सदस्य रामचन्द्र वराल, राजनीतिक दलका स्थानीय प्रतिनिधि, स्थानीय सरकारी कार्यालयका पदाधिकारीहरु लगायतले शुभ-कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.