»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उत्पादकत्वलाई अभियानकै रुपमा संचालन गर्नुपर्नेमा जोड (२०६६/३/१५)


उद्योग प्रतिष्ठानहरुको उत्पादकत्व तथा गुणस्तर बढाई तिनीहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ, उत्पादकत्व तथा गुणस्तर समितिको संयुक्त आयोजनामा आजदेखि काठमाडौंमा उत्पादकत्व सहजकर्ता विकास कार्यक्रम (Productivity Facilitators Development Programme) प्रारम्भ भएको छ ।

उद्योग मन्त्रालयका सचिव प्रताप कुमार पाठकले उक्त कार्यक्रमको उद्घाटन गर्नु हुदै उत्पादकत्व अभिवृद्धिलाई आर्थिक विकासको कारकका रुपमा लिई मन्त्रालयले सार्वजनिक-निजी-साझेदारी (PPP Approach) अवधारणा अनुरुप नेपाल उद्योग वाणिज्य महासंघसंग मिलेर उत्पादकत्व कार्यक्रम संचालन गर्दै आएको र दीगो आर्थिक विकास, गुणस्तर वृद्धि, लागत न्यूनिकरण तथा सुमधुर औद्योगिक सम्बन्ध कायम गर्न समेत उत्पादकत्व अभिवृद्धि महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।

कामदारको तलव सुविधा उत्पादनमा आधारित भएको मुलुकको उत्पादकत्व बढी हुने गरेको स्मरण गर्नु हुदै सचिव पाठकले आगामी औद्योगिक नीतिमा यस तर्फध्यान दिनुका साथै राष्ट्रिय स्तरमा उत्पादकत्व कार्यक्रमलाई अघि बढाउन प्रत्यन्नशील रहने आश्वासन दिनु हुदै यस तर्फराजनीतिक तहबाट पनि प्रयास हुनपर्ने आवश्यकता औल्याउनु भयो ।

महासंघका अध्यक्ष कुशकुमार जोशीले राजनीतिक अस्थिरता एवं बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधिले नेपाल विश्वमा सवै भन्दा उत्पादकत्व कम भएको मुलुकको रुपमा चिनिन लागिएकोमा चिन्ता व्यक्त गर्नु हुदै आगामी श्रम ऐनमा "हायर एण्ड फायर" तथा श्रम लचकताको नीति ल्याउनु पर्नेमा जोड दिनु भयो ।

साथै अध्यक्ष जोशीले दक्ष जनशक्ति भएमा मात्र उत्पादकत्व वृद्धिका साथै लगानी आउन सक्ने र यसबाट मात्र देशको आर्थिक सामाजिक विकास हुन सक्ने भएकोले महासंघले उत्पादकत्व वृद्धि एवं गुणस्तरविकास कार्यक्रमलाई सार्वजनिक-निजी साझेदारीका आधारमा अभियानकै रुपमा संचालन गर्न लागेको हुंदा सरकारका तर्फबाट पनि यसका लागि अझ बढी सक्रियता आवश्यक भएको बताउनु भयो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले कुनै पनि उत्पादन र सेवाले राष्ट्रिय एवं अन्तराष्ट्रिय बजार प्राप्त गर्न उद्योग प्रतिष्ठानको प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्ने आवश्यकता माथि जोड दिनु हुदै यसबाट श्रम र व्यवस्थापन वीचको सम्बन्ध समेत सुदृढ भई दीगो औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले महासंघले उत्पादकत्व अभिबृद्धिका कार्यक्रमलाई अघि बढाउंदै आएको उल्लेख गर्नु भयो ।

महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति विजय बहादुर श्रेष्ठले विभिन्न उद्योग व्यवसायको उत्पादकत्व क्षमता वृद्धि मार्फत सामाजिक-आर्थिक बृद्धि (Socio-Economic Growth) ल्याउने क्रममा महासंघले उद्योगसंग सम्बन्धित जनशक्तिको सहभागितामा सो सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको उल्लेख गर्नु हुदै उत्पादकत्व वृद्धि सम्बन्धी जनचेतना जगाउन र यस सम्बन्धी अभियानलाई अघि बढाउन पुरस्कारको व्यवस्था गर्न लागेको जानकारी समेत गराउनु भयो ।

उक्त समितिका सह सभापति अजय बहादुर प्रधानाङ्गले देशको प्रतिव्यक्ति आय बढाउंदै लान समेत उत्पादकत्व सम्बन्धी औजारहरुलाई प्रयोग गर्दै जानु पर्ने हुंदा यसका लागि अनुकूल वातवरण बनाउन सरकार र राजनीतिक दलहरुको प्रतिवद्धता आवश्यक भएकोमा जोड दिनु हुदै उत्पादकत्व सम्बन्धी कार्यक्रम राजधानी बाहिरका औद्योगिक क्षेत्रहरुमा र ट्रेड यूनियनहरुमा समेत संचालन गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

उद्योग मन्त्रालयका बरिष्ठ अर्थशास्त्री डा. दुर्गेश कुमार श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु हुदै उत्पादन तथा सेवामूलक उद्योग प्रतिष्ठानका ३० जनाको सहभागिता रहेको र उत्पादकत्व सम्बन्धी बिभिन्न विषयमा प्रशिक्षण दिइने ८ दिने उक्त कार्यक्रमबाट उत्पादकत्व सहजकर्ताको विकास विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.