»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















यूवा स्वरोजगार तथा साना व्यवसायी कार्यक्रम अन्तरगत उद्यमशीलता तथा श्रम सम्वन्ध विकासका लागि सहमतीपत्रमा हस्ताक्षर (२०६६/३/१७)


यूवा स्वरोजगार तथा साना व्यवसायी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने तथा सुमधुर श्रम सम्बन्ध सुधारका विषयमा स्थानीय क्षमता विकास गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ, जर्मन विकास संस्था अन्तरगतको समावेशी आर्थिक विकास कार्यक्रम (GTZ/Inclusive Development of the Economy Program - INCLUDE), राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative - NBI) र अन्तराष्ट्रिय श्रम संगठन (ILO) बीच आज ललितपुरमा छुट्टाछुट्टै सहमतीपत्र (Memorandum of Understanding - MOU) मा हस्ताक्षर भएको छ ।

यूवा स्वरोजगार तथा साना व्यवसायी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धी सहमतीपत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र जीटीजेड/इन्क्ल्यूडका कार्यक्रम व्यवस्थापक हृ्ष्ट अम्मान (Horst Ammann, Programme Manager, GTZ/Inclusive Development of the Economy Programme - INCLUDE) ले हस्ताक्षर गर्नु भयो भने श्रम सम्बन्ध सुधारका विषयमा स्थानीय क्षमता विकास गर्ने सम्बन्धमा महासंघका अध्यक्ष जोशी, इन्क्ल्यूडका कार्यक्रम व्यवस्थापक हृ्ष्ट, एनबीआईका अध्यक्ष पद्य ज्योति र आइएलओका देशिय निर्देशक सिंजे लि (Shengjie Li, Country Director, ILO) ले हस्ताक्षर गर्नु भएको थियो ।

सहमती अनुसार यूवा स्वरोजगार तथा साना व्यवसायी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन महासंघ र जीटीजेट इन्क्ल्यूडको समन्वयमा जिल्ला उद्योग वाणिज्य संघहरुमा कार्यरत अधिकृतहरु तथा उद्योग वाणिज्य संघहरुले पहिचान गरेका अन्य सम्भाव्य प्रशिक्षकहरुलाई आवश्यक तालीम प्रदान गरि उनीहरु मार्फत यूवा स्वरोजगार तथा साना व्यवसायी कार्यक्रममा आवेदन दिएका आवेदकहरुलाई उद्यमशीलता विकास सम्बन्धी प्रशिक्षण दिई उनीहरुलाई कम्तिमा पनि एउटा बैकिङ प्रस्ताव तयार गर्न तथा आफैले व्यवसायिक योजना बनाउन सक्ने सक्षम बनाउने कार्यक्रमको लक्ष्य छ । आगामी पांच महिनाभित्र सम्पन्न गर्ने सो कार्यक्रम पांचथर, सुर्खेत, नारायणगढ र पाल्पामा संचालन गरिने सहमतीपत्रमा उल्लेख छ ।

श्रम सम्बन्ध सुधारका विषयमा स्थानीय क्षमता विकास गर्ने सम्बन्धी सहमतीपत्रमा स्थानीय तहमा उत्पन्न हुने श्रम समस्यालाई व्यवस्थापक, श्रमिक र सरोकारवाला बीच सौहाद्रपर्ूण्ा वातावरणमा समाधान गर्ने, श्रम सम्बन्धी स्थानीय समस्या समाधान तथा नीतिगत सुधारमा समेत सहकार्यका लागि वातावरण निर्माण गर्दै असल श्रम सम्वन्ध विकासका लागि आवश्यक जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने सहमतीपत्रमा उल्लेख छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.